+
+
Shares

होलीमा १० दुर्घटना, २ को मृत्यु, ३ सख्त घाइते

रासस रासस
२०७५ चैत ७ गते १०:५२

७ चैत, काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा होली खेल्ने क्रममा भएको दुर्घटनामा २ जनाको ज्यान गएको छ भने ३ जना सख्त घाइते भएका छन् ।

होेली पर्वमा जथाभावी सवारी साधन चलाउँदा स्वयम्भू र सातदोबाटोमा भएको दुर्घटनामा २ जनाको ज्यान गएको हो ।

दुर्घटनामा काठमाडौं कीर्तिपुरका ३१ वर्षीय सुनिल शाही र ललितपुर गोदावरीका १७ वर्षीय सचिन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ३ सख्त घाइते भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले घाइतेहरूको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पताल र सातदोबाटोस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।

होलीमा बुधबार मात्र काठमाडौं उपत्यकाका स्थानमा १० दुर्घटना भएका थिए । गत वर्षको होलीमा २२ सवारी साधन दुर्घटना हुँदा १८ घाइते भएका थिए ।

ट्राफिक प्रहरीले बुधबार होलीमा उपत्यकाभित्र जथाभावी रुपमा सवारीसाधन चलाउने ९१८ चालकलाई कारवाहीसमेत गरेको छ । तीमध्ये ९०५ दुईपाङ्ग्रे र १३ चारपाङ्ग्रे सवारीसाधनका चालक कारवाहीमा परेका थिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?