Comments Add Comment

यस्तो देखियो कलाकारको होली(फोटो फिचरसहित)

रंगहरुको पर्व होली अर्थात फागू पूर्णिमा आज पहाडी र हिमाली भूभागमा भव्य रुपमा मनाइएको छ । यसैक्रममा, नेपाली चलचित्रका कलाकारहरुले पनि होलीमा विभिन्न कार्यक्रममा पुगेर शुभकामना आदनप्रदान गरेका छन् । विशेषगरि, काठमाण्डौको नयाँ बानेश्वरमा आयोजित ‘दाल भात तरकारी होली विशेष’ कार्यक्रममा कलाकारको उपस्थिती बाक्लो देखियो ।

वैशाख २० गते रिलिज हुन लागेको चलचित्र ‘दाल भात तरकारी’ र रेडियो अडियोले आयोजना गरेको होलीमा कलाकारहरु विशेषगरि, आफ्नो चलचित्र प्रचारको क्रममा पुगेका थिए । कार्यक्रममा चर्चित हाँस्य कलाकार हरिवंश आचार्य, कलाकार दिपकराज गिरी, जितु नेपाल, सुरेन्द्र केसी लगायतले आफ्नो प्रस्तुती राखेका थिए ।

कार्यक्रममा जितु नेपालले कमेडीको माध्यमबाट दर्शकलाई मनोरञ्जन दिएका थिए भने कलाकार दिपकराज गिरी र नायिका बर्षा राउतले चलचित्रको गीतमा नृत्य गरे । नायिका राउत श्रीमान् संजोग कोइरालासँग कार्यक्रममा पुगेकी थिइन् ।
यस्तै, कार्यक्रममा पुगेकी नायिका प्रियंका कार्कीले दर्शकलाई होलीको दिनमा मदिरा सेवन र भाङ् खाएर सवारी साधन नहाक्न आग्रह गरिन् ।

कार्यक्रममा चैत्रको २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘यात्रा’को टिम पनि पुगेको थियो । नायक सलिनमान बनियाँ, नायिका मलिका महत्त, कलाकार सलोन बस्नेत, निर्माताद्धय केशव भट्टराई र सुशिल पोखरेल, निर्देशक सम्राट शाक्य कार्यक्रममा उपस्थित थिए ।

यस्तै, कार्यक्रममा चलचित्र ‘दाल भात तरकारी’का मुख्य कलाकार नायक पुष्पल खड्का र नायिका आँचल शर्माले चलचित्रको शिर्ष गीतमा नृत्य गरेका थिए । यस्तै, चैत्र १५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘साँइली’का मुख्य कलाकार नायक दयाहाङ राई, नायिका मेनुका प्रधान लगायतको टिम पनि कार्यक्रममा पुगेको थियो ।

यस्तै, चैत्र १५ गते नै रिलिज हुन लागेको चलचित्र ‘शुभ लभ’का मुख्य कलाकार नायक हरिहर अधिकारी, नायिका क्रिस्टिन पौडेल, सूर्या थापा पनि कार्यक्रममा पुगेका थिए । हरिहर र सूर्याले चलचित्रको शिर्ष गीतमा नृत्य समेत गरे ।

रेडियो अडियो र चलचित्र ‘दाल भात तरकारी’ टिमले आयोजना गरेको होली विशेष कार्यक्रममा चलचित्र क्षेत्रका कलाकारको बाक्लो भिड मात्र लागेको थिएन, दर्शकले पनि उनीहरुको प्रस्तुतिमा मनोरञ्जन लिएका थिए । कार्यक्रममा गायक सन्तोष लामाले आफ्नो हालै सार्वजनिक भएको ‘चाइनाको रेल’ बोलको गीत गाएर दर्शकलाई मनोरञ्जन दिएका थिए । यस्तैगरि, अन्य विभिन्न स्थानमा आयोजित होली विशेष कार्यक्रममा पुग्न कलाकारलाई भ्याई नभ्याई नै देखिएको थियो ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment