Comments Add Comment

बाराका जिल्ला शिक्षा अधिकारी रंगेहात पक्राउ

फाइल फोटो
फाइल फोटो

२२ मंसिर, काठमाडौं । बाराका प्रमुख जिल्ला शिक्षा अधिकारी घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिशिअ तुलाराम भण्डारीलाई पक्राउ गरेको हो ।

उनले गढिमाई-१६ टांगिया बस्तीको शान्ति प्राविका एक शिक्षिकालाई अध्ययापन गराए वापतको रकम निकासा गर्न घुस मागेका थिए ।

अख्तियारको हेटौंडास्थित क्षेत्रीय कार्यालयबाट गएको टोलीले भण्डारीलाई सिमरास्थित झापाली होटलबाट घुस लिएको १० हजारसहित पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment