Comments Add Comment

भारतले भन्यो-केपी ओली भारत आउँछन्, नाका खोल्ने शर्त थाहा छैन

Vikas-Swarup

१४ माघ, काठमाडौं । भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा आउन खबर पाएको बताएको छ ।

तर, मिति भने अझै तय भएको छैन । भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास स्वरुपले भने-प्रधानमन्त्री बन्दा नै निम्तो दिइएको हो । अब हामीलाई बताइएको छ कि नेपालका प्रधानमन्त्री भारतको भ्रमणमा आउनु हुनेछ ।’

प्रधानमन्त्री केपी शर्मा ओली फेब्रअरीमा भारत भ्रमणमा जाने तयारीमा छन् । तर, हालै मात्र बालुवाटारमा पत्रकारहरुलाई बोलाएर उनले नाकाबन्दी नखुलेसम्म भारत नजाने बताएका छन् ।

नेपालका प्रधानमन्त्री ओलीले नाकाबन्दी नहटेसम्म भारत नजाने सर्त राखेका छन् नि भन्ने प्रश्नमा उनले भने-यसबारे आधिकारिक रुपमा आएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment