Comments Add Comment

एउटा अनौठो विवाहः सप्तरीमा ‘गर्लफ्रेण्ड’ले भगाइन् ‘ब्वाइफ्रेण्ड’

Devaki-Marrige

एस.के. शान

४ फागुन, सप्तरी । प्रेमीले प्रेमिकालाई भगाएर बिहे गरेको त सुन्नुभएकै होला । तर, केटीले केटालाई विवाह मण्डपबाटै भगाएर विवाह गरेको घटना कुनै फिल्ममा मात्र कल्पना गरिन्छ । तर, यस्ती फिल्मी शैलीको बिहे सप्तरीमा भएको छ ।

सप्तरीमा २१ वर्षकी युवतीले आफूभन्दा एक बर्ष जेठा प्रेमीलाई भगाएका छन् । त्यो, पनि अर्कै युवतीलाई दुलही बनाउन लागेको बेला ।

यी युवती हुुन्, शम्भुनाथ नगरपालिका १ खोक्सर प्रवाहाकी देवकी साह । साहले जमुनी मधेपुरा गाविस १ बस्ने रमानन्दप्रसाद साहलाई सोमबार राति उनकै घरबाट उठाएर शम्भुनाथ मन्दिरमा लगी मंगलबार विवाह गरेकी छन् । देवकीको परिवारले यो विवाहलाई मान्यता दिएपनि रमानन्दको परिवारले मानेको छैन ।

२१ बर्षीया देवकी र २२ बर्षीय रमानन्दले एकअर्कालाई माला लगाइरहँदा बेहुली पक्षका महिलाहरु र स्थानीयहरुको बाक्लो उपस्थिति थियो । देवकीसँग नै विवाह गर्ने कसम खाएका रमानन्द भने आफ्नो परिवारसँग यो कुरा भन्न सकिरहेका थिएनन् ।

अर्कीको हुन लागेकै बेला उठाइयो

Devaki-Marrige-1

रमानन्दको अभिभावकले उनको विवाह अर्कै ठाउँमा गर्ने सुरसार गरेका रहेछन् । त्यसै अनुरुप विवाह गर्ने केटी पक्षका व्यक्तिहरु रमानन्दलाई छेका दिन (विवाह पूर्व गरिने विधी) भन्दै रमानन्दको घरमा आएका थिए ।

सोमबार राति केटी पक्षका व्यक्तिहरु रमानन्दका लागि कपडा, फलफूल र सुनको औंठी लिएर आएका थिए । सत्यनारायण भगवानको पूजा पश्चात रमानन्दलाई कपडा र औंठी लाइदिएर गरिने सम्पूर्ण विधि पूरा पनि गरियो ।

रमानन्द अर्कैको हुन लागेको सूचना देबकीले थाहा पाइन् । उनले म्याजिक गाडीमा आफ्नो गाउँका केहि महिलाहरुलाई बसाएर रमानन्दको घर जाने निधो गरिनर राति ९ बजेतिर उनी रमानन्दको घर पुगिन् ।

म्याजिकमै चढेर गएकामध्ये एक महिलाले रमानन्दलाई बाहिर बोलाइन् । रमानन्द बाहिर आएसँगै उनलाई म्याजिकमा चढाइयो र राति नै देवकीको गाउँ ल्याइयो । देबकीको गाउँसम्म आउँदा रमानन्दको औंलामा अर्काे केटी पक्षको अभिभावकले लगाइदिएको औंठी लागेकै थियो । त्यो औंठी भने मंगलबार उनले फिर्ता पठाएका छन् ।

‘अब देबकीसँगै मेरो जीवन बित्छ’ विवाह पश्चात रमानन्दले भने, ‘मन परेको व्यक्तिलाई जीवनसाथी बनाउन पाएँ । खुशी लागेको छ ।’

पहिलादेखि नै थियो प्रेम

रमानन्दसँग देवकीको पहिलो विवाह भने होइन् । उनको २०६८ सालमै जमुनीमधेपुराकै एक व्यक्तिसँग सामाजिक परम्परा अनुसार विवाह भएको थियो ।

विवाह पश्चात मन मिलेन । खटपट भइरहेकै समयमा उनको श्रीमान वैदेशिक रोजगारीमा गए । देवकी भने माइतीमै बस्दै आएकी थिइन् । यसैबीचमा रमानन्दसँग उनको प्रेम भयो । एकले अर्कालाई मन पराए ।

रमानन्दको परिवारले यो कुराको सुइँको पाएपनि यो विवाह नगर्ने मनस्थितिमा थिए । रमानन्दले खुलेर यो बिषयमा आफ्ना अभिभावकलाई भन्न नसकेकपछि देवकीले फिल्मी शैलीमा पे्रमीलाई उठाएर जीवनसाथी बनाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment