Comments Add Comment

लियोनार्दोले जीते पहिलो पटक अस्कर अवार्ड(सूचीसहित)

lionardo-win-award
हलिउडका चर्चित नायक लियोनार्दो डीक्याप्रियोले पहिलो पटक अस्कर अवार्ड जितेका छन् । ‘टाइटानिक’ चलचित्रबाट  हलिउडमा एकाएक उदाएका नायक लियोनार्दोले पहिलो पटक यो अवार्ड जितेका हुन् । उनले अभिनय गरेको चर्चित चलचित्र ‘द रेभिनान्ट’बाट उनले पहिलो पटक अवार्ड जितेका हुन् । यो चलचित्र अहिले नेपालमा प्रदर्शन भैरहेको छ ।

विश्वकै चर्चित यो अवार्ड पहिलो पटक जितेपछि लियोनार्दोले आफ्ना मातापितालाई संझिएका छन् । साथमा  उनले यो अवार्ड पहिलो पटक जितेकोमा खुशी पनि व्यक्त गरे । यसभन्दा अगाडि पनि लियोनार्दोले यो अवार्ड जित्ने अपेक्षा गरिएको थियो ।

अस्कर अवार्डका केही मुख्य विधाका विजेताहरुको नामाबली यसप्रकार छः
१. वेष्ट एडप्टेड स्त्रिmन प्ले
द विग सर्ट, चाल्र्स रान्डोल्फ र अदाम म्याकी
२. वेष्ट डिरेक्टर
अलेहान्द्रो गाेन्जालेज, द रेभिनान्ट
३. वेष्ट एक्टर
लियोनार्दो डिक्याप्रियो, द रेभिनान्ट
४. वेष्ट एक्टर(फिमेल)
ब्री लासन, रुम
५. वेष्ट पिक्चर्स
स्पटलाइट
६. ओर्जिनल सङ
राइटिङ्स अन द वल
७. ओर्जिनल स्कोर
द हेटफूल एट
८. ओर्जिनल स्त्रिmनप्ले
स्पटलाइट, जोश सिङ्गर र टोम मैकार्थी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment