चलचित्र ‘सुन्तलीलाई भगाई लग्यो झिल्के ले’ को शिर्ष गीतको अडियो सार्वजनिक गरिएको छ । युटुबबाट सार्वजनिक गरिएको यो गीतलाई दर्शकको मुखमा झुण्डिने खालको बनाइएको छ ।
विपिन आचार्यले संगीत भरेको यो गीतमा कालिप्रसाद बाँस्कोटा र माण्डवी त्रिपाठीको स्वर, ऋषिराज आचार्यको शब्द छ ।
यो चलचित्रमा सुशान्त कार्की, सुशिल सिटौला लगायतका कलाकारको अभिनय छ । चलचित्रको प्रदर्शन मिति तय भैसकेको छैन ।
यसैबिच, निर्देशक ऋषिराज आचार्यले यो गीतमा अभिनय गरेर भिडियो पठाउनेमध्ये २ जनालाई यसको सिक्वेलमा नायक-नायिकाको रुपमा काम गराउने बताएका छन् ।
अनलाइनखबरसँग उनले भने-‘जसले यो गीतको उत्कृष्ट भिडियो बनाएर पठाउँछ, उसलाई हामी यो चलचित्रको सिक्वेलमा काम गर्ने अवसर दिन्छौ ।’
नेपालीपन बोकेको यो चलचित्रले दर्शकको मन जित्ने विश्वास आचार्यको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4