Comments Add Comment

बौद्ध सम्मेलन लुम्बिनीमै गर्न स्थानीयको माग

Interaction-about-International-Buddhist-Festival

सलमान खान

१२ चैत, भैरहवा । नेपाल सरकारले आगामी २५६० औं बुद्ध जयन्तीको अवसरमा अन्तराष्ट्रिय बौद्ध सम्मेलन काठमाडौंमा गर्न लागेपछि लुम्बिनीबासीले विरोध गरेका छन् । बौद्ध सम्मेलनको सन्दर्भ पारेर पर्यटन मन्त्री आनन्द पोख्रेलसमेतको सहभागीतामा शुक्रबार लुम्बिनीमा आयोजित अन्तर्क्रिया कार्यक्रम केहि सांसदहरुले बहिस्कारसमेत गरे ।

आगामी जेठ ६, ७ र ८ गते बुद्ध जयन्तीको अवसरमा काठमाडौंमा अन्तराष्ट्रिय बौद्ध सम्मेलन आयोजना गर्न लागिएको छ ।

अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले आयोजकले स्थानियको पर्याप्त सहभागिता नगराएको र लुम्बिनी क्षेत्रकै सांसद कमलेश्वर पुरी गोश्वामीलाई समेत अपमानित गरेको भन्दै आपत्ती जनाएका थिए । सांसद गोश्वामी कार्यक्रममा आए पनि आयोजकले बेवास्ता गरेको भन्दै कार्यक्रमस्थलबाट बाहिरिएका थिए । त्यस्तै सांसद सोनिया यादव पनि कार्यक्रम स्थलबाट हिँडेकी थिइन् ।

Interaction-about-International-Buddhist-Festival-2
कार्यक्रमस्थलबाट सहभागीहरू बाहिरिएपछि खालि भएका कुर्सीहरू

अन्तर्क्रियामा सहभागी संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य फकरुद्दिन खाँन मन्त्री पोखरेल लगायतका अतिथि बसेको मञ्चकै अगाडि पुगेर स्थानीयका राय सुझाव विना २५६० औं बुद्ध जयन्ती तथा अन्तराष्ट्रिय बौद्ध सम्मेलन गर्न लागेको भन्दै विरोध गरे । उनले अन्तराष्ट्रिय बौद्ध सम्मेलन काठमाडौंमा नभई लुम्बिनीमै गर्नुपर्ने माग गरे ।

अन्तरक्रियामा रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाबासी सहभागी थिए । तर सरकारले अन्तराष्ट्रिय बौद्ध सम्मेलन काठमाडौंमा गर्न लागेको विरोधमा धेरैजसो सहभागीहरु अन्तरक्रिया कार्यक्रमस्थल छाडेर बाहिरिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सँस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री आनन्द पोखरेलले बौद्ध सम्मेलन यस वर्ष काठमाडौं हुने भएपनि आगामी वर्षहरुमा क्रमशः रुपन्देही, कपिलवस्तु र नवलपरासीमा गर्ने बताए । लुम्बिनी, कपिलबस्तु र नवलपरासीलाई जोडेर ग्रेटर लुम्बिनीको रुपमा बिकास गर्ने उनले प्रतिबद्धता जनाए । मन्त्री पोखरेलले बुद्ध जयन्तीलाई भव्यरुपले सफल पार्न स्थानीयलाई पूर्णरुपले सहयोग गर्न आह्वान पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment