१४ चैत, काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ स्थिर छ । आज छापावाल सुन प्रतितोला ५४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो साता १४ सय रुपैयाँले सस्तिएको सुन आइतबार भने स्थिर देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य भने ५४ हजार १ सय ५० रुपैयाँ छ । गत शुक्रबार सुन १ सय रुपैयाँले सस्तिएको थियो ।
आइतबार चाँदीको भाउ पनि स्थिर छ । आज चाँदी तोलाको ७ सय २० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार सुनचाँदीको भाउ आजकै करोबारमा थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4