 
																			३० भदौ, काठमाडौं । अमेरिकाबाट काठमाडौं आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै बेपत्ता भएका एक व्यक्ति भेटिएका छन् ।
विमानस्थलबाटै वेपत्ता भएका पर्वतको पैंयू गाउँपालिका–१ घर भएका ७६ वर्षीय दण्डपाणि भुसाल भेटिएका हुन् ।
उनी एकान्तकुनामा भेटिएको भुसालका ज्वाईं मधु वस्तीले अनलाइनखबरलाई बताए ।
एक पठाओ चालकलाई भुसालले छोरीको घर जानु पर्ने बताएका थिए । ती पठाओ चालकले सोधखोज गर्ने क्रममा आफू शनिबार रातिदेखि हराएको बताएका थिए । भुसालकै मोबाइलमा छोरीको नम्बर भेटिएपछि पठाओ चालकले नै सम्पर्क गरेर खबर गरेको वस्तीले बताए ।
शनिबार राति १०:२५ बजेदेखि एअरपोर्टबाट बेपत्ता भएका भुसाल त्यसरात भने एअरपोर्ट बाहिर नै बसेको परिवारलाई बताएका छन् । भुसाल हराएको भन्दै आफन्तले प्रहरी वृत्त गौशालामा जाहेरी समेत दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4