निर्माता छविराज ओझाले नयाँ बर्षको दिनमा आफ्नो नयाँ चलचित्र ‘किस्मत २’को फस्टलुक रिलिज गरे । उनले नयाँ बर्षको शुभकामना दिदै सार्वजनिक गरेको पोष्टरमा चलचित्रका मुख्य ३ कलाकार समावेश छन् ।
शील्पा पोख्रेल, किशोर खतिवडा र नयाँ कलाकार पृथ्वीराज यो पोष्टरमा देखिएका छन् । पोष्टरमा छविले आफ्नो परम्परागत शैलीलाई नै अगाडि बढाएका छन् । असोज २१ गते प्रदर्शन हुने यो चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् भने दीजेन्द्र शाक्य कार्यकारी निर्माता हुन् ।
चलचित्र ‘किस्मत २’को चर्चासँगै अघिल्लो चलचित्र ‘किस्मत’को याद दर्शकलाई आउनु स्वभाविक नै हो । अघिल्लो चलचित्रमा रेखा थापा, विराज भट्ट र आर्यन सिग्देल मुख्य भूमिकामा थिए । अघिल्लो चलचित्रको पोष्टर त्यो समयका लागि गजबको थियो । तर, छविले सार्वजनिक गरेको ‘किस्मत २’को पोष्टर के अहिलेका दर्शकका लागि रोजाइमा पर्ला ?
प्रतिक्रिया 4