Comments Add Comment

नायक जीवन लुइँटेल यूएईमा, साथमा डाक्टर पञ्जियार

jeevan-luitel
दुबई । नायक जीवन लुइँटेल एक सम्झौतापत्रमा हस्ताक्षर गर्न यूएई आएका छन् । नायक लुइँटेलका साथमा छन् डा. नवल पञ्जियार । डा. पञ्जियार मेमोरी एक्स्पर्टका रुपमा एशियामै चर्चित छन् ।

सामान्यदेखि प्रोफेसनलहरुलाई व्यसायिक सफलताका लागि जीवनोपयोगी तालिम दिने सम्झौता गर्न उनीहरु यहाँ आएका हुन् ।ग्लोबल बि्रज कन्सल्टेन्सीको आयोजनामा निकट भविष्यमा सञ्चालन हुन लागेको तालिमका लागि सम्भौता तथा सहकार्य गर्नका लागि उनीहरु यूएई आएको कन्सल्टेन्सीका प्रबन्ध निर्देशक ज्ञानेन्द्र कार्कीले जानकारी दिएका छन् ।

न्ाायक लुईटेलले भने उक्त कन्सल्टेन्सीको प्रचारका साथै आफ्नो चलचित्रको प्रमोशनका अतिरिक्त यूएईमा नेपाली चलचित्रको बजारको सम्भाव्यता अध्ययन गर्ने बताएका छन् ।

कन्सल्टेन्सीले व्यक्तिव विकास तथा नेपाली चलचित्रको विकासका लागि सहकार्य गर्न लागेको कन्सल्टेन्सीकी निलम खड्काले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment