Comments Add Comment

सेनाले क्षतिग्रस्त जंगी अड्डाको पुनर्निर्माण थाल्यो

senako-naya-vawan
सेनाको नयाँ बन्ने मुख्यालय भवनको डिजाइन

११ वैशाख, काठमाडौं । नेपाली सेनाले मुख्यालय पुनर्निर्माणको काम सुरु भएको छ । गतवर्षको वैशाखमा आएको विनाशकारी भूकम्पले क्षगिग्रस्त भएपछि सेनाको मुख्यालय (जंगी अड्डा)  पुनर्निर्माण सुरु भएको हो ।

भूकम्प गएको एक वर्षपछि सेनाले आफ्नो मुख्यालय भवनको पुनर्निर्माण सुरु गरेको छ । प्रधानसेनापति राजेन्ऽ क्षेत्रीले नयाँ निर्माण हुने मुख्यालयको शिलान्यास गरे । नयाँ भवन अहिले मुख्यालय रहेकै स्थानमा निर्माण हुनेछ ।

rajendra-kshetri
झण्डै २ लाख ८५ हजार वर्ग फिट क्षेत्रफलमा निर्माण हुन लागेको नयाँ भवन भूकम्प प्रतिरोधात्मक हुने सेनाले जनाएको छ । मुख्यालयको आधुनिक भवन आगामी २ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य सेनाले राखेको छ ।

भूकम्पले सेनाको मुख्यालयसहित मुलुकभरका एक हजार १ सय ९ वटा भौतिक संरचना क्षतिग्रस्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment