+
+
Shares

स्पेनका नेपालीले गोरखा भूकम्पलार्इ यसरी सम्झिए

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १३ गते ११:२१

Spain-nepali1बार्सिलोना । भित्तामा टाँसीएका तस्बिरहरुमा सबैका आँखा पुगे । तस्बिर हेर्दै उपस्थित नेपालीहरु सबै भाबुक बनेका थिए । भत्किएका घरहरु, पालमुनि रहेका भूकम्पपीडित तथा जीर्ण रुपमा रहेका मठमन्दिर देख्दा सबैको आँखा रसाएको थियो । ‘भूकम्प गएको एक बर्ष बितिसक्यो तर पीडितको अबस्था उस्तै छ’ धेरै सहभागीहरुको आबाज यही नै रहृयो ।

गत बर्ष वैशाख १२ गते देशमा बिनाशकारी भूकम्प गएको एक बर्ष पुगेको सम्झना गर्दै, नेपाली जनप्रगतिशील मञ्च स्पेनले दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा राख्दा बार्सिलोनामा यस्तै दृश्यहरु देखिए । स्पेनस्थित संघ-संस्थाका प्रतिनिधिहरु लगायत सर्बसाधारण सहभागी भइ दीप प्रज्वलन गरी भुकम्पमा ज्यान गुमाएकाहरुको सम्झना तथा घाईतेहरुको शीघ्र स्वास्थलाभको कामना समेत गरे ।

Spain-nepali

पुनर्निमाणको काम ढिलाई प्रति गुनासो

देशमा भूकम्प गएको एक बर्ष पछि पनि पुननिर्माणको काम सुरु हुन नसकेकोमा बक्ताहरुले दुख ब्यक्त गरेका थिए । भूकम्प पछि पालमुनि बसेका नेपालीहरु अझै पनि त्यही अबस्थामा रहेको भन्दै उनीहरुले दुःख व्यक्त गरे ।

गैरआबासीय नेपाली संघको योजना अनुरुप गोर्खाको उत्तरी गाउँ लाप्राकलाई नयाँ स्थानमा सारेर एकीकृत नमुना बस्ती बनाउन नेपाल सरकारसँग आईतबार भएको सम्झौतालाई सहभागीहरुले स्वागत गर्दै अब द्रुत गतिमा काम हुने आशा गरे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?