Comments Add Comment

नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरु विभाजित

संसदमा आज पनि छलफल

Samsad-Sankalpa 650२९ वैशाख, काठमाडौं । सरकार संसदमा प्रस्तुत गरेको  नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदैछ । बैठक ११ वजे बस्दैछ ।

सरकारले संसदमा आइतबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७३/७४ को नीति तथा कायक्रममाथि मंगलबारदेखि  छलफल सुरु भएको हो ।

मंगलबारबाट सुरुभएको छलफलमा सांसदहरु दुई पक्षमा विभाजित भएका छन् । सत्तापक्षीय सांसदहरुले नीति तथा कार्यक्रम राम्रो भएको भन्दै समर्थन गरेका छन् भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आलोचना गरेको छ ।

उसले नीति तथा कार्यक्रमहरु लोकपि्रय बनाउने नाममा हचुवामा आएको र कार्यान्वयनमा चुनौति रहेको भन्दै आलोचना गरेको छ ।

मंगलबारको छलफलमा नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले सरकारले ल्याएको नीति तथा कार्यक्रमको कडा आलोचना गर्दै  ‘म्यादी’ सरकारले ल्याएको बजेट र कार्यक्रम पनि म्यादी नै हुने टिप्पणी गरे ।

बिहिबार सम्म नीति तथा कार्यक्रममा छलफल हुने कार्यतालिका संसद सचिवालयले सार्वजनिक गरेको छ । संसदमा उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिने कार्यतालिका रहको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment