Comments Add Comment

मिलन, ज्योति, सन्तोष र राजेन्द्रसँगै झुमे पर्थका नेपाली

jyoti-magar-austrelia
अष्ट्रेलिया । नाचौं, गाऔं, रमाइलो साँझ कार्यक्रमअन्तर्गत हाल अष्ट्रेलियाको भ्रमणमा रहेका मिलन लामा, ज्योति मगर, सन्तोष लामा र राजा राजेन्द्रको बेजोड प्रस्तुतीले गएको आइतबार पर्थको माहोल गर्मागरम बन्यो।

लम्जुङको भुकम्प प्रभाबित, युवा ज्योति बिधालयको भवन निर्माण सहयोगार्थ नमस्ते नेपाल र हिमाली गुर्खाज रेस्टुरेन्टले संयुक्त रुपमा आयोजना गरेको “हिमाली गुर्खाज रमाइेलो साँझ २०१६” मा पर्थका दर्शकहरु अबेर सम्मै कलाकारहरुको प्रस्तुतीमा धोको फेरेर नाचे।

कार्यक्रमको शुरुमै स्टेजमा उत्रिएका गायक सन्तोष लामाले “बेहुली”, बिर्खेलाई चिन्छस” जस्ता गीत गाइरहँदा दर्शकहरु नाच्नका लागि अगाडि पुगिसकेका थिए भने उनीसँगै तालमा ताल मिलाउन ब्यस्त देखिन्थे।

जब कार्यक्रमका अर्का आकर्षण लोक गायक मिलन लामा भाका हाल्दै स्टेजमा छिरे, अनी पर्थका दर्शकहरुको ताली र हुटिङ केही बेर रोकिएन ।

aus-photo
“माझी दाइे पोखरा फेवा तालको”,घरमा पराल बारीमा बन्सो” जस्ता गीत गाइ रहदा दर्शकहरु उनी सँगै नाच्न स्टेजमै पुगे। ढल्दै गरेको साँझ सँगै दर्शकहरुको लामो पर्खाइलाई चिरदै जब ज्योति मगर स्टेजमा छिरिन् अनी अझै तात्न शुरु भयो पर्थको चिसो मौसम।

“जिम्वाल बाउकी छोरी” हुँदै “पिरतीमा दम छ” र “ढाडे बिरालो सम्म पुग्दा” बच्चा, युवा र अर्धबैशे कोही नाच्नलाई बाँकी रहेनन । स्टेज अगाडि उनीसँगै कम्मर हल्लाउन ब्यस्त देखिन्थे युवा युबतीहरु।

त्यस्तै कार्यक्रममा चर्चित युबा हास्य कलाकार राजा राजेन्द्र पोखरेलको समसामयिक विषयमा व्यंग प्रस्तुत गर्दै उपस्थित सबै दर्शकहरुलाई मनोरन्जन गराएका थिए। उनको प्रस्तुतीमा दर्शकहरुले पेट मिची मिची हासी रहेका देखिन्थे।

कार्यक्रमको अन्त्यतिर पुन स्टेजमा दोहोरी गाउँन पुगेका मिलन लामा र ज्योति मगरलाई स्थानीय कलाकार बिनोद दाहाल र सुमित्र रिजालले साथ दिदै फेरी धित मर्ने गरी नचाएका थिए।

कार्यक्रमलाई थप मनोरन्जन प्रदान गर्न पर्थका स्थानिय कलाकारहरु रन्जना सापकोटा, सकिना इटनी सुनिता लामाले न्रित्य समेत प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रमका दौरान नमस्ते नेपालले यो बर्षबाट शुरु गरेको “नमस्ते नेपाल एक्सेलेन्स अवार्ड २०१६”, समुदायमा उल्लेखनिय काम गरे बापत पहिलो पटक पर्थका दिपक शाक्यलाई प्रदान गर्‍यो।

लामो समय देखी नेपालका दुर्गम बस्तीका बालबालिकाहरुको शिक्षा र त्यहाको समस्टिगत बिकास परीयोजनामा च्यारिटी संस्था फ्रेन्ड अफ नेपाल अष्ट्रेलियासँग आबद्ध सकृय भूमिका निर्बाह गरेको र पर्थमा हुने हरेक च्यारिटी कार्यक्रमहरुमा उनले पुर्‍याएको भन्दै अवार्ड प्रदान गरिएको संस्थाका सदस्य दिपक शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment