Comments Add Comment

प्रवास समाचार

List Grid
द भोइस अफ नेपालका विजेता बेलायतमा

बेलायत / द भोइस अफ नेपालका विजेता र प्रतियोगीहरु बेलायतका बिभिन्न शहरमा आयोजित सांगीतिक कार्यक्रममा ब्यस्त छन् । विजेता सिडी विजय अधिकारी र प्रतियोगीहरु सिर्जे थपलिया, कुशल आचार्य, सप्तक दुतराज र सुरेखा क्षेत्री, विवेक वाइवा लामा र श्रेया राई ‘लाइभ इन यूके’का लागि गतसाता बेलायत आएका हुन् । क्याडेन्जा यूके नेपाल इन्टरटेनमेन्टको आयोजनामा शनिबार फोक्सटनमा […]

बेलायतमा लिम्बुवानसम्बन्धी बैठक

५ फागुन, बेलायत । लिम्बुवान नागरिक समाज, युकेले लिम्बुवान जागरण अभियान थाल्ने निर्णय गरेको छ । सन् २०१९ लाई दशक वर्ष घोषणा गर्दै वर्षभरि विविध क्रियाकलापहरू आयोजना गर्ने निर्णय गरेको हो । शनिबार आसफोर्डमा बसेको केन्द्रीय बैठकले नेपालमा चलिरहेको लिम्बुवान आन्दोलनलाई रचनात्मक सहयोग गर्ने निर्णय गरेको अध्यक्ष छत्र वनेमले जानकारी दिए । समाजले प्रदेश १ […]

दूतावासको पहलमा अष्ट्रेलियामा फहराइयो नेपाली झण्डा

क्यान्वेरा / दुई दशक भन्दा पुरानो इतिहास बोकेको अष्ट्रेलियाकै महत्वपूर्ण क्यान्वेरा बहुसाँस्कृतिक मेलाको परेडमा दूतावासको पहलमा पहिलो पटक नेपालको प्रतिनिधित्व हुने प्रदर्शनी  गरिएको छ । शुक्रबार , शनिवार र आइतबार तीन दिनमा करिब तीन लाखजनाले प्रत्यक्ष अवलोकन गरेको बहुसाँस्कृतिक मेलामा क्यान्वेरास्थित नेपाली दूतावासले नेपालको पर्यटन प्रवर्धन गराउने उद्देश्यले स्टल राखी सर्वसाधारणलाई जानकारी प्रदान गरेको छ […]

दूर्गमका ९ विद्यालयलाई एनआरएनए अष्ट्रेलियाको ९ लाख सहयोग

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले नेपालका दूर्गम क्षेत्रका ९ विद्यालयहरुलाई एक/एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । विद्यालयका गरीब तथा जेहन्दार विद्यार्थीहरुको पठनपाठनका लागि एनआरएनए अष्ट्रेलियाले आर्थिक सहायता उपलब्ध गराएको हो । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी दूर्गा मावि ताप्लेजुङ, राष्ट्रिय प्राइमरी स्कुल सप्तरी, बच्चाला मावि नुवाकोट, मण्डली मावि धादिङ, जनज्योति मावि बाग्लुङ, […]

युएईमा चार नेपालीलाई ब्लडमनी वापत २ करोड १० लाख रुपैयाँ

३ फागुन, अवुधाबी (युएई) । संयुक्त अरब इमिरेट्स (युएई)मा दुर्घटनामा मृत्यु भएका चार नेपालीको परिवारले क्षतिपूर्ति वापत ‘ब्लडमनी’ पाउने भएका छन् । अन्य ३१ मृतकको अदालती प्रकृया पूरा हुन बाँकी छ । नेपाली दूतावासका द्धितीय सचिव विष्णुकुमारी अधिकारीले अदालतको फैसला अनुसार दूतावासले पाएको दुई करोड १० लाख रुपैयाँ पराराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित परिवारलाई पठाइसकेको बताइन् । […]

सिन्धुलीगढी पुनर्निर्माणका लागि स्पेनका गैरआवासीय नेपालीको ३ लाख सहयोग

बार्सिलोना। सिन्धुलीगढी जीर्णोद्धार एवं पुनर्निर्माणका लागि स्पेनका गैरआवासीय नेपालीहरुले तीन लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन्। सिन्धुलीगढी टाक्सफोर्स टिमका सदस्य द्वय मुक्तबहादुर गुरुङ र सन्तोष श्रेष्ठको पहलमा स्पेमा उठेको रकम हालै काठमाडौस्थित एनआरएन कार्यलयमा हस्तान्तरण गरिएको हो। स्पेनका समाजसेबी दावाऋषी श्रेष्ठ मार्फत रकम बुझाइएको हो । बहुचर्चित नेपाली चलचित्र छक्का पन्जा ३ प्रदर्शन गर्दै गत […]

एनआरएनए युएई कपको दोस्रो संस्करण फागुन १० देखि

युएई । युएईमा एनआरएनए फुटबल कपको दोस्रो संस्करण आगामी फागुन १० गते हुने भएको छ । युएईका नेपाली समुदायमा ठूलो धनराशीको फुटबल प्रतियोगिता हो । गैरआवासीय नेपाली समन्वय परिषद युएईको आयोजना तथा क्षेत्रीय समन्वय परिषद अलऐनको व्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा ११ टिमलाई सहभागी गराउने आयोजकले जनाएको छ । जसका लागि टिम दर्ताको […]

८० मुलुकमा एनआरएनएको सञ्जाल, माल्टामा खुल्यो युरोपको २८ औं शाखा

१ फागुन, स्पेन। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो ८० औं शाखा विस्तार गरेको छ। युरोपेली मुलुक माल्टामा संघको ८० औं शाखा खुलेको हो । योसँगै एनआरएनएको युरोप क्षेत्रमा मात्रै २८ वटा राष्ट्रिय समन्वय परिषदहरु गठन भएका छन् भने एनआरएनएको ८० देशमा संगठित उपस्थिति भएको छ । मंगलबार माल्टाका गैरआवासीय नेपालीहरुको एक भेलाले तेजबहादुर लिम्वुको अध्यक्षतामा […]

मलेसियाबाट धुर्मुसले रंगशालाका लागि जुटाए ३५ लाख

२९ माघ, काठमाडौं । चितवनको भरतपुरमा निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ मलेसियाबाट ३५ लाख ७१ हजार रुपैयाँ जुटेको छ । ‘सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ’ नामक सांस्कृतिक कार्यक्रमबाट उक्त सहयोग जुटेको हो । मलेसियाका तीनवटा शहरहरु क्वालालम्पुर, जोहोर बाहु र पेनाङमा कार्यक्रम गरिएको सीताराम कट्टेल धुर्मुसले जानकारी दिएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै […]

पुरस्कार कोष ५० लाख पुर्‍याउने पत्रकार महासंघ यूकेको निर्णय

लण्डन । नेपाल पत्रकार महासंघ युकेले एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार कोषको राशि ५० लाख रुपैयाँ पुर्‍याउने भएको छ । शाखाको आइतबार सम्पन्न बैठकले एनआरएनए युकेसँग मिलेर सो कोषलाई बढाउने निर्णय गरेको हो । बैठकले हाल एनआरएन अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी) को मातहतमा रहेको सो कोषलाई महासंघ यूके र एनआरएनए यूकेको संयुक्त बैंक खातामा सार्न समितिलाई […]

अष्ट्रेलियाको सेज एजुकेशनको सेवा अब काठमाडौंमै

२८ माघ, काठमाडौं । अष्ट्रेलियाको सिड्नी र ब्रिसबेनमा रहेको सेज एजुकेशन सर्भिसेजको सेवा काठमाडौंमै उपलब्ध हुने भएको छ । नेपालमा अध्ययनका लागि अष्ट्रेलिया जाने नेपालीहरुका लागि सिड्नीबाटै सेवा दिँदै आएको सेजले काठमाडौंमा शाखा विस्तार गरी सेवा दिन थालेको हो । अष्ट्रेलियामा अध्ययन गर्न पठाउने थुप्रै कन्सलटेन्सीहरु काठमाडौंमा छन् । अष्ट्रेलियाको विषयमा सम्पूर्ण जानकार व्यक्तिहरुबाट पहिले […]

सधैंका लागि बिदा भइन् न्यूयोर्ककी साहसी नेपाली चेली

गत भदौ महिनामा अनलाइनखबरमार्फत हामीले न्युयोर्कमा रहेकी नेपाली चेली प्राशा तुलाधरको साहसको कथा सुनाएका थियौं । फोक्सो र किड्नीमा फेरि समस्या देखिएपछि अस्पतालमा मृत्युसँग संघर्ष गरिरहेकी उनलाई यसपटक शरीरले साथ दिएन । न्युयोर्कमा रहेकी नेपाली चेली प्राशा तुलाधरको फेब्रुअरी ७ तारिखका दिन निधन भएको छ । दुबै फोक्सोले काम नगरेपपछि नयाँ फोक्सो प्राप्त गर्न प्राशाले […]

युएईमा श्रमरत नेपाली भन्छन्- विमानस्थलमा भइरहेको कडाइमा सरकार लचक बनोस्

युएई । युएईमा कार्यरत नेपालीहरुले त्रिभुवन विमानस्थलको भन्सारमा विदेशबाट फर्किएका नेपालीले ल्याएको सामानमा भइरहेको कडाइका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् । शनिबार नेपाली दूतावास आबुधाबीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँगको अन्तरक्रिया कार्यक्रमा सहभागीहरुले खाडी राष्ट्र लगायतमा श्रम गर्ने नेपालीले भित्र्याएको सामानमा सरकारले लचकता अपनाएर तत्काल समाधान गर्नुपर्ने बताए । यस्तै, भिजिट भिसामा […]

सातौं विश्व सरकार शिखर सम्मेलनमा मन्त्री पण्डित

युएई । दुबईमा आज (आइतबार) बाट सातौँ विश्व सरकार शिखर सम्मेलन सुरु हुँदैछ । युएईको खुशी मन्त्रालयको प्रमुख आयोजनामा हुन लागेको सम्मेलनमा नेपाल सहित १५० देशका राष्ट्रप्रमुख तथा प्रतिनिधिले सहभागिता जनाउँदैछन् । सम्मेलनमा श्रमबजार, शिक्षा स्वास्थ्य, राजनीतिसँग सरकारसँग तथा समुदायको सम्बन्ध विषयमा छलफल हुनेछ । कार्यक्रममा सन् २०१८ का नोेबेल पुरस्कार बिजेताहरुसहित क्याथोलिक कि्रश्चियन धर्म […]

नेपाल-जापान डाइलग सिरिजको तेश्रो श्रृंखला

टोक्यो । जापानमा रहेका नेपाली विज्ञहरु र नेपाली राजदूताबास जापानको सहकार्यमा भएको नेपाल-जापान डाइलग सिरिजको तेश्रो श्रृंखला फेब्रुअरी ३ तारिक आइतबारको दिन टोक्योको इचिगाया स्थित जाइका अन्तरास्ट्रिय सभा हलमा सम्पन्न भएको छ। मूलतः जापानको स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली तथा जापानी विज्ञहरु बीच भएको यश अन्तरक्रिया कार्यक्रममा नेपालको स्वास्थ्य सेवा प्रणालीको विभिन्न माइक्रो तथा म्याक्रो लेभलका बिषयमा छलफल गरिएको […]

क्रिकेट रंगशाला निर्माणका लागि मलेसियामा धुर्मुस-सुन्तली साँझ

मलेसिया । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानका लागि मलेसियामा धुर्मुस-सुन्तली साँझ आयोजना गरिएको छ । यही माघ १६ गते काठमाडौंको राष्ट्रियसभा गृहबाट घोषणा गरिएको रंगशाला निर्माणका लागि सहयोग संकलनका गर्न आयोजना गरिएको कार्यक्रममा सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लगायत कलाकारहरूले आफ्नो प्रस्तुति दिएका छन् । रंगशाला निर्माणका घोषणासँगै पहिलो प्रस्तुतिको लागि […]

सामान्य प्रशासन मन्त्री पण्डित युएई आउँदै

युएई । दुबईमा आइतबारबाट सुरु हुने सातौँ विश्व सरकार शिखर सम्मेलनमा सहभागी हुन सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित युएई आउने भएका छन् । विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रतिनिधिहरुको सहभागितामा हुन लागेको सम्मेलनमा नेपालको तर्फबाट मन्त्री पण्डितले सहभागिता जनाउने नेपाली दूतावास अबुधाबीले जनाएको छ । १० सदस्यीय नेपाली प्रतिनिधि टोलीसहित मन्त्री पण्डित शुक्रबार युएई आउने कार्यक्रम छ […]

ज्यान कोरियामा छ, मन नेपालमा !

सरकारले सन् २०२० लाई नेपाल पर्यटन बर्षको रुपमा मनाउने घोषणा गरेसँगै कोरियाको बसाई छाडेर नेपाल जाउँ भन्ने चाहाना हवात्तै बढेर आयो । पर्यटन व्यवस्थापनमा पिएचडी गर्दै गर्दा नेपालमा पर्यटनको क्षेत्रमा भएका केही सुधारका कुराहरु समाचारमा पढ्ने गर्थें । सरकारले १०० वटा पर्यटन गन्तव्य स्थलहरु तोकेको समाचार अनि पर्यटन वर्ष २०२० को तयारीका समाचारले मनलाई फुरुङ्ग […]

फेसबुक स्ट्याटसप्रति म्याड्रिड राजदूतावासको कडा विज्ञप्ति

स्पेन। सामाजिक सञ्जाल फेसबुकमा  लेखिएको स्ट्याटसप्रति ध्यानआकर्षण गर्दै नेपाली राजदूतावास म्याड्रिडले विज्ञप्ति निकालेको छ। एनआरएनए युरोप उपसंयोजक एकराज गिरीले दूतावासको प्रिन्टिङ केयरलेसका बारेमा स्ट्याटस लेखेपछि दूतावासले मंगलबार कडा शब्दमा विज्ञप्ति प्रकाशित गरेको हो। गिरीले सोमबार फेसबुकमा एक तस्वीर राख्दै लेखेका थिए, ‘हाम्रो कुटनीतिकस्तर आज एकजना स्पेनिस मित्रले ह्वाट्सएपमा निम्न बमोजिम तस्वीरसहित सन्देश पठाएर सोध्नुभयो – […]

आइतबारदेखि पर्थमा क्रीकेट टी-२० प्रतियोगिता हुँदै

भर्खरै सम्पन्न हार्मोनी कपबाट उत्साहित बनेका पर्थका खेलप्रेमी नेपालीहरुलाई यसै हप्ताबाट सुरु हुन लागेको ‘डब्लु एनसीसी टी-२० ब्लास्ट’ टुर्नामेन्टले थप उत्साहित बनाएको छ। वेष्टर्न नेप्लिज क्रीकेट क्लबले पर्थमा दोश्रो पटक आयोजना गर्न लागेको उक्त प्रतियोगिता आउदो आइतबार १० फेब्रुअरीका दिन सुरु हुँदैछ। उक्त टी-२० प्रतियोगिता क्यानिङ्टनस्थित कोकर पार्कमा हरेक आइतबार बिहान ७ बजेदेखि एक महिनाका लागि सन्चालन हुनेछ । पश्चिम अष्ट्रेलियामा बढ्दो नेपालीहरुको क्रीकेट खेलप्रतीको मोह र रुचिलाई प्रोत्साहान गर्न क्लबले गत वर्षबाट पर्थमा क्रिकेट टी-२० प्रतियोगिता आयोजना थालेको हो । टी-२० प्रतियोगितामा पर्थका ५ क्रीकेट क्लबहरु वेष्टर्न नेप्लिज, नेपाली वारीयर्स, बेल्मोन्ट नेप्लिज, रोयल असनेपाल र पर्थ नट्सक्रीकेट क्लबले सहभागिता जनाउँदै छन्। प्रतियोगितामा पर्थ नट्स क्रिकेट क्लबले भने पहिलो पटक सहभागी हुन लागेको हो । पश्चिम अष्ट्रेलियामा आयोजना हुने गरेका यस्ताखाले प्रतियोगिताहरुले नेपाली क्लब र खेलाडीहरुको सीप र क्षमता अभिवृदिमा धेरै सहयोग मिलेको खेलाडीले बताउने गरेका छन् । प्रतियोगितामा सहभागी हुन लागेका युवा प्रतिभावान नेपाली खेलाडीहरुलाई साथ र हौसला प्रदान गरी दिन आयोजक वेष्टर्न नेप्लिजक्रीकेट क्लबले सम्पूर्ण पर्थवासी नेपाली सामुदायलाई आग्रह गरेको छ ।  

नेपाल आइडलका विजेता अष्ट्रेलियामा

सिड्नी/ नेपाल आइडलका विजेताहरु सिड्नी आइपुगेका छन् । शुक्रबार सिड्नीमा हुने सांगीतिक कार्यक्रममा सहभागी हुन उनीहरु सिड्नी आइपुगेका हुन् । अष्ट्रेलियाका पर्थ, वि्रसबेन र मेलबर्नमा आयोजित सांगीतिक कार्यक्रमम सकेर उनीहरु कोरिया पुगेका थिए । सिड्नीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल आइडलका विजेता रवि ओडले अन्य शहरमा जस्तै सिड्नीमा पनि आफूहरुले दर्शकको माया पाउने बताए […]