+
+
Shares

अस्ट्रेलियामा संविधान दिवस : दोहोरो नागरिकता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३ गते ८:३४

३ असोज, क्यानबेरा । अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली राजदूतावासमा नेपालको संविधान दिवस झण्डोत्तोलन समारोहसहित मनाइएको छ। बिहीबार ओ’म्यालीस्थित दूतावास परिसरमा आयोजित कार्यक्रममा कार्यवाहक राजदूत तारा बरालले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेकी हुन्।

समारोहलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत बरालले संविधानले आत्मसात् गरेका लोकतन्त्र, गणतन्त्र, समावेशिता, समानता, सामाजिक न्याय र राष्ट्रिय एकताजस्ता मूल्यमान्यताको स्मरण गरिन्।

सोही क्रममा उनले नेपालमा हालैको विनाशकारी बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेकी छन्। बाढीपीडितको उद्धार तथा राहतका लागि अस्ट्रेलियामा रहेका नेपाली समुदायले देखाएको अभूतपूर्व उदारता र आर्थिक सहयोगप्रति उनले विशेष कृतज्ञता व्यक्त गरिन्।

कार्यक्रममा बोल्दै सामुदायिक अगुवा तथा अर्थशास्त्री डा. कृष्ण हमालले विपद्का बेला अस्ट्रेलियास्थित नेपाली संघसंस्थाहरूले निर्वाह गरेको मानवीय भूमिकाको प्रशंसा गरे।

साथै, उनले गैरआवासीय नेपालीका लागि महत्त्वपूर्ण मानिएको दोहोरो नागरिकतासम्बन्धी ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल सरकारसमक्ष स्पष्ट सन्देश पुर्‍याइदिन दूतावासलाई आग्रहसमेत गरेका छन्।

बिहान ८:४५ बजे नेपालको राष्ट्रिय गानबाट सुरु भएको उक्त समारोहमा अस्ट्रेलियास्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि तथा नेपाली समुदायका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

-प्रदीप तिमल्सिना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?