+
+
Shares

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्षमा लालगोपाल सुवेदी विजयी

विष्णु विवेक विष्णु विवेक
२०८३ असार २८ गते १५:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्षमा ९३३ मत प्राप्त गर्दै अमेरिका निवासी लालगोपाल सुवेदी निर्वाचित भएका छन्।

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को अध्यक्षमा लालगोपाल सुवेदी विजयी भएका छन् । ७ देखि ९ जुलाईसम्म भएको अनलाइन चुनावमा अध्यक्ष पदमा अमेरिका निवासी सुवेदी ९३३ मतसहित विजयी भएका हुन् । अध्यक्षका अर्का प्रतिस्पर्धी क्यानडा निवासी सुरेन उप्रेतीले ५५४ मत प्राप्त गरे ।

अनेसास निर्वाचन समितिले शुक्रबार बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार वरिष्ठ उपाध्यक्षमा अमेरिका कोलोराडो निवासी तारा अधिकारी, अमेरिका क्षेत्रीय उपाध्यक्षमा शकुन ज्ञवाली र महासचिवमा कोलोराडोकै राजु सिटौला निर्वाचित भएका छन् ।
सचिवमा नेपालका ऋषभदेव अधिकारी र कोषाध्यक्षमा अमेरिका निवासी पुष्पा खनाल यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

यस्तै एसिया क्षेत्रको उपाध्यक्षमा दिनेशराज ज्ञवाली, युरोप क्षेत्रको उपाध्यक्षमा राज श्रेष्ठ र ओसेनिया क्षेत्रको उपाध्यक्षमा डा. प्रकाश पौडेल पनि निर्विरोध निर्वाचित भए । अफ्रिका क्षेत्रीय उपाध्यक्ष पदमा भने कसैको उम्मेदवारी नपर्दा रिक्त छ ।

५ केन्द्रीय सदस्यहरूमा मिरा कोइराला, महेश्वर पन्त, राजेन्द्र केसी, हरिमाया अधिकारी तथा पारसमणि दंगाल विजयी भएका अनेसास निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत डा.चुडामणि खनालले बताए ।

अध्यक्षसहित चार जना पदाधिकारी र पाँच जना सदस्यका लागि भएको निर्वाचनमा सबैभन्दा कडा प्रतिष्पर्धा वरिष्ठ उपाध्यक्ष पदमा भएको थियो । वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित अधिकारीले ७८४ मत ल्याइन् भने उनका प्रतिस्पर्धी सुदीपभद्र खनालले ७०० मत मात्रै प्राप्त गरे । ८४ मतान्तरले अधिकारी निर्वाचित हुँदा झिनो मतले खनाल पराजित भए ।

अधिकारी यसअघिको कार्यसमितिमा कोषाध्यक्ष थिइन् भने खनाल अमेरिका क्षेत्रको उपाध्यक्ष थिए । यस्तै अमेरिका क्षेत्रीय उपाध्यक्षमा निर्वाचित ज्ञवालीले ९०३ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धी गीता बजगाईंले ४५३ मत पाउँदा अग्नि पराजुलीले ७२ मत मात्रै प्राप्त गरे ।

पदाधिकारी चुनावमा महासचिवमा निर्वाचित राजु सिटौलाले सबैभन्दा धेरै १ हजार २0२ मत ल्याए । महासचिवमा दोहोरिएका उनले पदाधिकारीमा लोकप्रिय मत पाएको निर्वाचन समितिले जनाएको छ । उनका प्रतिस्पर्धी सहदेव कोइरालाले भने २७१ मत मात्रै ल्याउन सके ।

अनेसास अनलाइन चुनावमा सबैभन्दा धेरै लोकप्रिय मत केन्द्रीय सदस्यमा निर्वाचित मीरा कोइरालाले ल्याइन् । नयाँ कार्यसमिति चुनावबाट केन्द्रीय सदस्यमा विजयी भएकी उनले १ हजार २०३ मत पाइन् । केन्द्रीय सदस्यमा कोइरालापछि महासचिवमा निर्वाचित सिटौलाले दोस्रो लोकप्रिय मत पाएका थिए ।

यस्तै विजयी अन्य सदस्यहरुमा महेश्वर पन्तले १०८९, राजेन्द्र केसीले १००७, हरिमाया अधिकारीले ९४४ र डा. पारसमणि दंगालले ९३० मत पाए ।

सदस्य पदमा पराजित भएका डा. कृष्ण शाह ‘यात्री’ले ८३२, नीलकण्ठ सुवेदीले ६४६ र पिपलमणि सिग्देलले ६३४ मत मात्रै ल्याए।

तीन दिनसम्म भएको अनलाइन भोटिङमा झण्डै १५०० मात्रै सहभागी भएका थिए । संसारभर अनेसासका तीन हजारभन्दा धेरै आजीवन सदस्य छन् ।

कुल मतदातामध्ये ४८.४२ प्रतिशत सदस्यहरूले मतदान गरेका अनेसास निर्वाचन समितिले जनाएको छ ।

नयाँ कार्यसमितिको कार्यकाल २०२६ देखि २०२८ सम्म रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?