+
+
Shares

मेलबर्नमा इन्द्रजात्रा : कुमारी, गणेश र लाखे नाचले दियो काठमाडौंको झल्को

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते ९:२६

११ असोज, मेलबर्न । अस्ट्रेलियाको मेलबर्नमा बसोबास गर्ने नेपाली समुदायले शनिबार इन्द्रजात्रा (येँया पुन्हि) भव्यताका साथ मनाएका छन्। नेवाः गुथि भिक्टोरियाको आयोजनामा भएको कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूलाई काठमाडौं दरबार क्षेत्रकै झल्को दिएको थियो।

डिगर्स रेस्टस्थित अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरमा आयोजित जात्रामा जीवित देवी कुमारी, सेतो गणेश र लाखे नाचसहितको आकर्षक झाँकी प्रस्तुत गरिएको थियो। सहभागीलाई नेपालमै भएको अनुभूति दिलाउन कार्यक्रम स्थलमा परम्परागत रथ र काठमाडौं दरबार क्षेत्रको पृष्ठभूमि राखिएको थियो। ‘संस्कृति मनाऔं, समुदायलाई सघाऔं! सँगै मिलेर हाम्रो संस्कृतिको सम्मान, संरक्षण र प्रवर्द्धन गरौं’ भन्ने मूल नाराका साथ आयोजित जात्रामा प्रवेश निःशुल्क गरिएको थियो।

बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म चलेको जात्रामा भिक्टोरियामा रहेका नेवाः समुदायलगायत उल्लेख्य संख्यामा नेपालीहरूको उपस्थिति थियो। सहभागीहरूले प्रवासमा मौलिक संस्कृतिको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

आयोजक नेवाः गुथि भिक्टोरियाले जात्रा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण स्वयंसेवक, सहयोगी तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?