१६ असोज, काठमाडौं । अमेरिकामा बसोवास गर्दै आएका मगर समुदायले बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि ३० लाख ३० हजार रुपैयाँ सहयोग गरेको छ ।
मगर संघ अमेरिकाको केन्द्रीय कार्यालयमा सेप्टेम्बर २८ मा आयोजित ‘प्राकृतिक विपदमा परेका पीडितहरुको लागि दिप प्रज्वलन तथा सहयोग रकम हस्तान्तरण कार्यक्रममा’ प्रतिनिधि सभा सदस्य इन्दिरा राना मगर र नेपाल सरकार नेपाली महावाणिज्य दुतावास न्युयोर्कका महाबाणिज्यदुत दधिराम भण्डारीको उपस्थितिमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
मगर संघ अमेरिकाका अध्यक्ष दिपसागर बुढा मगर र मगर संघ अमेरिका न्युयोर्क च्याप्टर अध्यक्ष रत्नसिङ गर्बुजा मगरले चेक हस्तान्तरण गरेका थिए । मगर संघ अमेरिकाले मातहतका च्याप्टरहरूले शुभेच्छुकबाट रकम संकलन गरेको संघका पूर्वअध्यक्ष कुलदीप राना मगरले अनलाइनखबरलाई जानकारी दिए ।
गत भदौमा आएको बाढीमा परेर १ हजार ४५१ जनाको ज्यान गइसकेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ५ हजार ७४५ जना अझै बेपत्ता छन् ।
प्रतिक्रिया 4