१५ असोज, सिड्नी । अस्ट्रेलियामा व्यवसाय सञ्चालन गरिरहेका नेपाली व्यवसायीहरूले भोटेकोशीका बाढीपीडितको सहयोगार्थ १० हजार अस्ट्रेलियन डलर (करिब १० लाख नेपाली रुपैयाँ) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।
क्यानबेरास्थित एभरेस्ट अटो रिपियर एन्ड वर्कसप तथा सिड्नीस्थित समिट अटो रिपियर एन्ड वर्कसपले संयुक्त रूपमा यो मानवीय पहल गरेका हुन्।
वर्कसपका सञ्चालकद्वय इन्जिनियर अनिश ढकाल र यज्ञ अधिकारीका अनुसार गाडी सर्भिसिङ गर्न आउने २०० जना ग्राहकबाट जनही ५० डलरका दरले संकलन गरी उक्त रकम जुटाइएको हो।
मातृभूमिको विपत्तिमा मल्हम लगाउने आफूहरूको अभियानलाई ग्राहक तथा स्थानीय समुदायले उत्साहजनक रूपमा साथ दिएको इन्जिनियर ढकालले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4