+
+
Shares

मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २७ गते १८:४३

काठमाडौँ । बीएलसी ग्लोबल होल्डिङ्गस् प्रालिकी सह–अध्यक्ष मेघा चौधरी नेपालका लागि मोरोक्को अधिराज्यको अवैतनिक महावाणिज्यदूतमा नियुक्त भएकी छिन् ।

मोरोक्को अधिराज्यका परराष्ट्र मामिला, अफ्रिकन सहयोग तथा मोरोक्कन प्रवासी मन्त्री नासेर बौरिटाले परराष्ट्र मन्त्रालयमार्फत चौधरीलाई उक्त पदमा नियुक्तिका लागि स्वीकृति पत्र पठाएका हुन् ।

चौधरीले बुधबार नेपाल सरकारका परराष्ट्र सचिव अमृत बहादुर राईमार्फत नियुक्ति पत्र ग्रहण गर्दै औपचारिक रूपमा पदभार सम्मालेकी हुन् । नवनियुक्त महावाणिज्यदूत चौधरीको कन्सुलर कार्यक्षेत्र काठमाडौँ उपत्यकाभर तोकिएको छ ।

नियुक्ति पत्र ग्रहण गर्दै चौधरीले नेपाल र मोरोक्कोबीचको कूटनीतिक र आर्थिक सम्बन्धलाई थप सुदृढ र अर्थपूर्ण बनाउन आफूले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

चौधरीको यो नियुक्तिसँगै नेपाल र मोरोक्कोबीचको द्विपक्षीय व्यापार, पर्यटन र सांस्कृतिक आदानप्रदानमा नयाँ इँटा थपिने विश्वास गरिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?