News Summary
Generated by OK AI. Editorially reviewed.- ग्रेस इन्टरनेसनलको २० वर्ष पूरा भएको अवसरमा सिड्नी टाउन हलमा ‘ग्रेस इन्टरनेसनल एजुकेसन एन्ड माइग्रेसन एक्स्पो २०२६’ सम्पन्न भएको छ।
काठमाडौं । ग्रेस इन्टरनेसनलको स्थापनाको २० वर्ष पूरा भएको अवसरमा आयोजित ‘ग्रेस इन्टरनेसनल एजुकेसन एन्ड माइग्रेसन एक्स्पो २०२६’ सम्पन्न भएको छ।
सिड्नीस्थित सिड्नी टाउन हलको लोअर टाउन हलमा आयोजित एक्स्पोमा ५० भन्दा बढी कलेज तथा विश्वविद्यालयका प्रतिनिधि, १० भन्दा बढी माइग्रेसन विज्ञ र ५०० भन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।
अस्ट्रेलियामा अध्ययनरत तथा उच्च शिक्षा, करियर विकास र माइग्रेसनसम्बन्धी जानकारी खोजिरहेका विद्यार्थीलाई लक्षित गरी एक्स्पो आयोजना गरिएको थियो । एक्स्पोमा शैक्षिक संस्था र विद्यार्थीबीच प्रत्यक्ष संवादको अवसर प्रदान गरिएको थियो ।

एक्स्पोमा सहभागी विद्यार्थीले विभिन्न कलेज तथा विश्वविद्यालयका प्रतिनिधिसँग अध्ययनका विकल्प, विषय तथा कोर्स छनोट, भर्ना प्रक्रिया, छात्रवृत्ति र भविष्यको करियर योजनाबारे जानकारी लिएका थिए ।
त्यस्तै, विद्यार्थी भिसा, सीप मूल्याङ्कन, आवश्यक मापदण्ड तथा आफ्नो परिस्थितिअनुसार सम्भावित माइग्रेसन मार्गबारे विज्ञसँग परामर्श गर्ने अवसरसमेत पाएका थिए।
एउटै स्थानमा शैक्षिक संस्था र माइग्रेसन विज्ञको उपस्थिति हुँदा विद्यार्थीलाई आफ्ना जिज्ञासा राख्न तथा अध्ययन र भविष्यको योजनाबारे आवश्यक जानकारी प्राप्त गर्न सहज भएको आयोजकको भनाइ छ ।
सन् २००६ मा स्थापना भएको ग्रेस इन्टरनेसनलले ‘कनेक्टिङ लाइफ एन्ड लर्निङ’ भन्ने मूल नारासहित नेपाल, अस्ट्रेलियालगायत विभिन्न देशमा अन्तर्राष्ट्रिय शिक्षा तथा माइग्रेसनसम्बन्धी परामर्श सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया 4