+
+
Shares

ताइवानमा बस्ने नेपालीले राहतकोषमा जम्मा गरे ३१ लाख

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १३ गते १७:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल ताइवान संघले भोटेकोशी बाढीपीडित राहतकोषमा ३२ लाख ४४ हजार रुपैयाँ सहयोग गर्दै युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवलाई डमी चेक हस्तान्तरण गरेको छ।
  • संघका उपाध्यक्ष वीरबहादुर ताम्राकारले ताइवानमा बस्ने नेपालीको तर्फबाट सहयोग रकम जम्मा गरिएको बताए।
  • संघले ताइवानमा बसोबास गर्ने नेपालीका सरकारी कागजात प्रमाणीकरण र सिफारिसका काम सहज बनाउन सरकारले नीतिगत व्यवस्था मिलाउन माग गरेको छ।

१३ कात्तिक, काठमाडौं । नेपाल ताइवान संघले भोटेकोशी बाढिपीडत राहतकोषमा ३२ लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । आज युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवलाई सहयोग रकमको डमीचेक हन्तान्तरण गरेको हो । संघले उक्त रकम प्रधानमन्त्री राहच कोषको बैंकखातामा जम्मा गरेको थियो ।

ताईवानमा रहेका नेपालीले गरेको सहयोग रकम हस्तान्तरण गरेको हो । मन्त्रालयमा आयोजित कार्यक्रममा संघकोतर्फबाट उपाध्यक्ष वीरेन्द्रबहादुर ताम्राकारले चेक हस्तान्तरण गरेका हुन् । संघले ३२ लाख ४ हजार ४६५ रुपैयाँ सहयोग गरेको थियो । रकम हस्तान्तरण गर्दै उपाध्यक्ष ताम्राकारले ताईवानमा बस्ने नेपालीको तर्फबाट रसुवा भोटेकोशी बाढीपिडित राहतकोषमा रकम सहयोग गरेको बताए ।

‘ताइवानमा हामीले नेपालमा कुनैपनि समस्या पर्दा सधै आर्थिक सहयोग गरिरहेका छौ,’ उनले भने ।

०७२ सालको भुकम्पमा संघले सहयोग गरेको थियो । संघले भुकम्पबाट ध्वस्त सिन्धुपाल्चोकको विद्यालय पुन:निर्माण गरेको थियो । भने विद्यार्थी र पिडित परिवारलाई राहत समाग्री हस्तान्तरण गरेको थियो ।

रकम हस्तान्तरण कार्यक्रममा संघका सल्लाहकार राजेश श्रेष्ठ, सदस्यहरु समिर मानन्धर,कर्मा धिनबुप, शंकर महर्जन,सुबोध प्रधान, प्रदीप श्रेष्ठ, प्रतिक श्रेष्ठ, ताइवानी नागरिक चाङक्यु लगायतको उपस्थिति थियो । यसैबीच संघले ताईवानमा बस्ने नेपालीलाई भएको समस्या समाधान गर्न मन्त्री यादवलाई आग्रह गरेका छन् ।

संघले मन्त्री यादवलाई ताइवानमा बसोबास गर्ने नेपाली नागरिकहरूले भोग्नुपरेको एउटा महत्वपूर्ण समस्या प्रति नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

ध्यानाकर्षपत्रमा उल्लेख छ–नेपाल सरकारले अवलम्बन गर्दै आएको हाम्रो छिमेकी मित्र राष्ट्र एक चीन नीतिका कारण ताइवानलाई कूटनीतिक तथा राजनीतिक दृष्टिकोणबाट संवेदनशील स रूपमा लिइँदै आएको हामीले बुझेका छौं ।

तर, यस नीतिको प्रभावस्वरूप ताइवानमा बसोबास गर्ने नेपाली नागरिकहरूले नेपालसँग सम्बन्धित विभिन्न सरकारी तथा प्रशासनिक कामहरु गर्दा अनावश्यक कठिनाइ र असहजता भोग्नुपरेको अवस्था रहेको जानकारी गराएको छ ।

‘हामी ताइवानमा रोजगारी, व्यवसाय तथा विभिन्न पेसा र अध्ययनका सिलसिलामा बसोबास गर्दै आएका नेपाली नागरिक हौं । हाम्रो भौगोलिक बसोबास जहाँ भए पनि हाम्रो राष्ट्रिय पहिचान नेपाली नै हो,’ पत्रमा उल्लेख छ, ‘हामी नेपालको संविधान, कानुन र राष्ट्रिय हितप्रति सम्मान राख्दछौं र नेपालसँगको आफ्नो सम्बन्धलाई आत्मीयताका साथ जोडेर राख्न चाहन्छौं । नेपालको परराष्ट्र नीतिलाई सम्मान गर्दै हामी माथि पनि अन्य देशमा बसोबास गर्ने नेपाली नागरिक सरह समान व्यवहार गरियोस् भन्ने हाम्रो विनम्र अनुरोध छ।’

उनीहरूले नेपाल सरकारको विद्यमान एक चीन नीतिलाई असर नपर्ने गरी ताइवानमा बसोबास गर्ने नेपाली नागरिकहरूको हकमा आवश्यक प्रशासनिक तथा नीतिगत व्यवस्था मिलाई नेपालसँग सम्बन्धित कागजात प्रमाणीकरण, सरकारी सिफारिस लगायतका आधिकारिक कामहरू सहज, सरल र विभेदरहित रूपमा सम्पन्न गर्न सकिने वातावरण बनाउन पनि माग गरेका छन्।

‘हामी ताइवानमा बसेका नेपाली हौँ, हामी पनि नेपालको अभिन्न हिस्सा हौं। हाम्रो बसोबासको स्थानका आधारमा हामीले आफ्नै देशको सरकारी सेवाबाट बञ्चित वा विभेदित भएको अनुभूति गर्न नपरोस् भन्ने नै हाम्रो मुख्य अपेक्षा हो,’ उनीहरूले भनेका छन्, ‘नेपाल सरकारबाट यस विषयलाई सकारात्मक रूपमा लिई आवश्यक पहल तथा नीतिगत सहजीकरण हुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं- ध्यानकर्षणपत्रमा भनिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?