News Summary
Generated by OK AI. Editorially reviewed.- गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने सगरमाथा लुम्बिनी इन्स्योरेन्सको गल्फ टुर्नामेन्ट प्रतिकूल मौसमका कारण ३१ अक्टोबरबाट १४ नोभेम्बरमा सारिएको छ।
- कम्पनीले मिति परिवर्तनले सम्बन्धित सबैमा परेको असुविधाप्रति क्षमाप्रार्थी भएको विज्ञप्तिमा उल्लेख गरेको छ।
१३ कात्तिक, काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आयोजना गर्न गइरहेको गल्फ टुर्नामेन्टको मिति परिवर्तन भएको छ ।
गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुन गइरहेको गल्फ टुर्नामेन्ट प्रतिकूल मौसमका कारण मिति पर सारिएको आयोजकले जनाएको छ । यसअघि ३१ अक्टोबर (शनिबार) का दिन मिति तय गरिएकोमा त्यसलाई स्थगित गरी १४ नोभेम्बर (शनिबार) आयोजना हुने भएको छ।
‘हाल देशमा देखिएको मौसमको प्रतिकूलताका कारण प्रतियोगिताको मिति परिवर्तन गर्नुपरेकोमा कम्पनी सम्बन्धित सबैमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छ’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4