+
+
Shares

कान्ति राजमार्गमा आज र भोलि रात्रिकालीन सवारी आवागमन बन्द

वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि मकवानपुर हुँदै काठमाडौँ जोड्ने कान्ति राजमार्गमा दुई दिन रात्रिकालीन सवारी आवागमन बन्द गरिएको छ ।

रासस रासस
२०८३ कात्तिक १३ गते १७:२०

१३ कात्तिक, हेटौंडा । अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि मकवानपुर हुँदै काठमाडौँ जोड्ने कान्ति राजमार्गमा दुई दिन रात्रिकालीन सवारी आवागमन बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज र भोलि बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म कान्ति राजमार्गमा सवारी आवागमनमा रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले जानकारी दिए ।

उनका अनुसार बङ्गालको खाडीमा बनेको अर्नब चक्रवातको प्रभावका कारण जिल्लामा बिहीबारदेखि निरन्तर वर्षा भइरहेकाले सडक तथा राजमार्गमा बाढीपहिरोको उच्च जोखिम देखिएको हो ।

सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न रात्रिकालीन सवारी आवागमनमा रोक लगाइएको जनाउँदै सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

उनले उक्त अवधिमा कान्ति राजमार्गमा सवारीसाधन सञ्चालन नगर्न तथा यात्रा नगर्न सम्बन्धित सबैलाई आग्रह गरे ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?