२६ फागुन, टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न महाधिवेशनका लागि जापानका व्यवसायी ददिवल खड्काले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
मार्च १४ देखि १६ सम्म काठमाडौंमा आयोजना हुन लागेको एनआरएनएको १२ औँ महाधिवेशनका लागि उनले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
जापानलाई कर्मथलो बनाएर लामो समयदेखि सामाजिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।
विदेशमा रहेका नेपालीहरूको अधिकार संरक्षण, नेपालमा लगानी प्रवर्द्धन तथा विश्वभर फैलिएको नेपाली समुदायबीच सहकार्यलाई मजबुत बनाउने लक्ष्यसहित उम्मेदवारी दिन लागेको बताए ।
एनआरएनए विदेशमा बस्ने नेपालीहरूको साझा संस्था मात्र नभई नेपाल र विश्वभर फैलिएको नेपाली समुदायलाई जोड्ने महत्वपूर्ण माध्यम रहेको बताउँदै उनले संस्थाको नेतृत्वले विश्वभर रहेका नेपालीहरूको साझा हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए ।
व्यवसायिक गतिविधिमार्फत नेपालीहरूका लागि रोजगारी तथा अवसर सिर्जना गर्ने प्रयास गर्दै आएका उनी नेपाली व्यवसायी संघ जापानका वरिष्ठ उपाध्यक्ष लगायत विभिन्न संघ संस्थासँग आबद्ध रहेका छन् ।
एनआरएनए अभियानमा खड्काको लामो अनुभव रहेको छ । उनी यसअघि सन २०१७–२०१९ मा एनआरएनए जापानको सल्लाहकार, सन २०१९–२०२१ मा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्य तथा सन २०२१–२०२३ मा एनआरएनए एसिया–प्यासिफिक उपसंयोजकको जिम्मेवारी सम्हालिसकेका छन् ।
प्रतिक्रिया 4