+
+
Shares

मध्यपूर्व तनावले एनआरएनए निर्वाचन सर्दैन : उपाध्यक्ष शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १७ गते ७:२५

१७ फागुन, लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्माले मध्यपूर्व क्षेत्रमा विकसित तानाव‍ले आसन्न निर्वाचन प्रभावित नहुने बताएका छन् ।

आइतबार बिहान आयोजित एनआरएनए संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले मध्यपूर्वमा बढ्दो तनावप्रति संघ चिन्तित रहेको उल्लेख गरे ।

उक्त क्षेत्रमा केही हवाई सेवाहरू अवरुद्ध भए पनि अवस्था केही दिनभित्र सामान्य हुने विश्वास व्यक्त गर्दै उनले निर्वाचन स्थगित नहुने बताएका हुन् । ‘संघका प्रतिनिधिहरू विश्वका विभिन्न देशबाट आउनुहुन्छ । मध्यपूर्वमा देखिएको समस्याका कारण निर्वाचन नहुने हो कि भन्ने चिन्ता नगर्नुहोस्’, उनले भने ।

नेपाल आउने प्रतिनिधिहरूलाई आवश्यक परे वैकल्पिक हवाई मार्ग अपनाउनसमेत उनले सुझाव दिएका छन् । डा. शर्माले आगामी मार्च १४ देखि १६ सम्म हुने बृहत् महाधिवेशन सफल पार्न सबैलाई सक्रिय सहभागिताका लागि आह्वान गरे ।

यसैबीच संघका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठले आइतबार जारी गरेको विज्ञप्तिमा मध्यपूर्वका देशहरूमा उत्पन्न जटिल परिस्थितिमा करिब १९ लाखभन्दा बढी नेपालीहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा संवेदनशील अवस्थालाई ध्यानमा राख्दै इजरायल, इरान लगायत मध्यपूर्वका अन्य देशहरूमा रहेका सम्पूर्ण नेपालीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

साथै, सम्बन्धित देशका सरकारी निकाय र नेपाली राजदूतावासहरूले जारी गरेका सुरक्षा निर्देशनहरू कडाइका साथ पालना गर्न आग्रह गरिएको छ ।

संघले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन, सुरक्षित स्थानमै बस्न, अनावश्यक यात्रा नगर्न तथा स्थानीय अवस्थाबारे निरन्तर जानकारी राख्न समेत सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?