+
+
Shares

एनआरएनए निर्वाचन तालिकामा परिमार्जन, अनलाइनबाटै उम्मेदवारी दर्ता गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते ७:२७

१९ फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन कार्यतालिकामा परिमार्जन गरिएको छ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यानमा राख्दै समितिले संघको आसन्न निर्वाचन कार्यतालिकामा सोमबार केही संशोधन गरेको हो ।

निर्वाचन समितिले जारी गरेको परिमार्जित कार्यतालिका अनुसार  उम्मेदवारी अनलाइन र भौतिक रुपमा उपस्थित भएर दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । यही फागुन २२ देखि २६ गतेसम्म बिहान ६ बजेदेखि साँझ ६ बेसम्म अनलाइनबार उम्मेदवारी दर्ता गर्न सकिनेछ ।

अनलाइनबाट उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुले प्रस्तावक र समर्थकसहित सनाखत गराउनु पर्नेछ । सनाखतका लागि २८ गतेसम्म समय तोकिएको छ ।

साथै उम्मेदवार, उनका प्रस्तावक तथा समर्थकको सनाखतका लागि मार्च १२ तारिखसम्म नेपाल आइपुग्न सकिने गरी कार्यतालिका समायोजन गरिएको छ ।

यस्तै, क्षेत्रीय पदाधिकारीका लागि प्रस्तावक र समर्थक अन्य क्षेत्रबाट पनि हुन सक्ने व्यवस्था गर्ने विषयमा निर्वाचन समितिमा छलफल भइरहेको बताइएको छ ।

संघको १२औं महाधिवेशन तथा निर्वाचन आगामी मार्च १४ देखि १६ सम्म काठमाडौंमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?