+
+
Shares

बेलायती र्‍यापरले स्वीकारे नेपाली विद्यार्थीलाई कारले ठक्कर दिएको कसुर

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते २०:३५
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ब्रिटिस र्‍यापर क्लार्क स्यामुयलले कार ठक्करबाट नेपाली विद्यार्थी युविन तामाङको मृत्यु भएको स्वीकार गरेका छन्।
  • दुर्घटना अक्टोबर १८ राति इल्फोर्डको रेडब्रिजमा भएको थियो र स्यामुयल घटनास्थलमा नरोकिई भागेका थिए।
  • सयमुयललाई माघ २९ गते अदालतले सजाय सुनाउने जनाइएको छ र नेपाली दूतावासले न्यायका लागि सक्रिय भूमिका खेलेको छ।

२३ मंसिर, बेलायत । चर्चित ब्रिटिस र्‍यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन् ।

बेलायतको महानगरीय प्रहरी लन्डनले, दुर्घटनामा संलग्न भएका गेट्स नामले चर्चित कलाकार स्यामुयलले दुर्घटनामा आफ्नो संलग्नता स्वीकार गरेको जानकारी दिएको हो ।

आफ्नो आधिकारिक वेबसाइटमार्फत् प्रहरीले भनेको छ, ‘३० माइल प्रतिघण्टा गति निर्धारण गरिएको सडकमा ४१ वर्षीय स्यामुयलले ६० माइलप्रति घण्टाभन्दा बढी गतिमा गाडी चलाइरहेका थिए र सडक पार गर्दै गरेका युविन तामाङलाई ठक्कर दिएका थिए ।’

प्रहरीका अनुसार, स्थानीय समयअनुसार गत अक्टोबर १८ राति ११ः३० बजे इल्फोर्डको रेडब्रिजमा २० वर्षीय नेपाली विद्यार्थी युविन लामाङलाई ठक्कर दिएपछि स्यामुयल घटनास्थलमा नरोकिई भागेका थिए ।

ठक्कर दिएको दुई दिनपछि उपचारका क्रममा तामाङको मृत्यु भएको थियो । गतवर्ष सेप्टेम्बरमा बेलायत आउनु भएका उहाँ युनिभर्सिटी अफ रोह्याम्पटनमा ‘बिएस्सी विजनेश म्यानेजमेन्ट’ दोस्रो वर्षमा अध्ययनरत थिए ।

दुर्घटनाको अनुसन्धानमा संलग्न महानगरीय प्रहरी इनिस्पेक्टर मार्क ब्रथवेटले भने, ‘हाम्रो समवेदना युविनको परिवारको साथ छ, यो क्षतिको कुनै पनि हालतमा भरपाई हुनसक्दैन, तर अपराधमा संलग्नता स्वीकार न्याय प्राप्तिको बाटोमा एक महत्त्वपूर्ण कदम हो । यसले युविनको परिवारलाई केही राहत मिल्ने हाम्रो विश्वास छ ।’

बेलायतस्थित कार्यवाहक नेपाली राजदूत विपिन दुवाडिले घटनामा संलग्न व्यक्तिले स्वीकार गर्नु पीडित परिवारको न्यायका लागि सकारात्मक पाटो भएको बताए । तामाङको निधनपछि न्यायका लागि दूतावासले सक्रिय भूमिका खेलिरहेको पनि उनले बताए ।

दुर्घटनापछि भागेका स्यामुयलको वुडफोर्डस्थित घरमा खोजतलास गर्दा प्रहरीले भोलिपल्ट बिहानै उनको नाममा दर्ता र बिमा गरिएको कार क्षतिग्रस्त अवस्थामा फेला परेको थियो ।

यसैबीच यहाँको अदालतले स्यामुयललाई आगामी माघ २९ गते (फेब्रुअरी १२)मा सजाय सुनाउने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?