News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'गोबर गणेश' को पहिलो झलक र पोस्टर सार्वजनिक भएको छ, जसमा मरिचमान श्रेष्ठ र वर्षा शिवाकोटी फिचर्ड छन्।
- पोस्टरमा बल्छी धुर्बे र वर्षा रिक्सा हाँकिरहेको देखिन्छन् र उनीहरू नगरपालिकाको फोहोर उठाउने कर्मचारीजस्तै देखिएका छन्।
- निर्देशक श्रेष्ठले 'गोबर गणेश' बाट टिभीमा जस्तै दर्शकको माया पाउने अपेक्षा राखेका छन्।
काठमाडौं । फिल्म ‘गोबर गणेश’ को पहिलो झलक सार्वजनिक भएको छ । १ माघदेखि प्रदर्शन तयारीमा रहेको फिल्मले मंगलबार पोस्टर सार्वजनिक गरेको हो ।
पोस्टरमा शीर्ष कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ र वर्षा शिवाकोटी फिचर्ड छन् । पोस्टरले उनीहरूको चरित्र चित्रण र मनोदशा दर्शाउँछ ।
वर्षा रिक्सा हाँकिरहेकी छिन् भने बल्छी धुर्बे रिक्सामाथि छन् । दुवैजना खुसी भावमा छन् ।
पोस्टरले उनीहरू नगरपालिकाको फोहोर उठाउने कर्मचारीजस्ता देखिन्छन् । रिक्सामा फोहोर छ, फोहोर उठाउने डस्ट प्यान छ । बल्छीको गलामा सिठी छ । पृष्ठभूमिमा सहरका बाक्ला घर छन्, जो कीर्तिपुर सहर जस्तो देखिन्छ ।
चर्चित टिभी श्रृंखलाहरूमा अभिनय र निर्देशन गर्दै अघि बढेका मरिचमानको यो डेब्यू फिचर हो । उनी टिभी श्रृंखलामा बल्छी धुर्बे पात्रको रुपमा चर्चित छन् ।
पोस्टर सार्वजनिक गर्दै निर्देशक श्रेष्ठले ‘गोबर गणेश’ बाट आफूले टिभीमा जस्तै दर्शकबाट माया पाउने अपेक्षा रहेको बताए । दर्शकले मन पराउने विषय र प्रस्तुतिसहित आउन लागेकाले दर्शकको साथ पाउने उनको विश्वास छ ।
बल्छी धुर्बे फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्ममा विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानियाँ, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे पुकु, बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायतको अभिनय छ ।
प्रतिक्रिया 4