
News Summary
Generated by OK AI. Editorially reviewed.- निर्माण अघि नै चर्चामा आएको फिल्म ‘गोबर गणेश’को निर्माण र निर्देशनबाट बल्छी धुर्बेले करिअर अघि बढाउँदैछन्।
- फिल्ममा पदम तामाङ, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना र पुजन घिमिरे ‘पुकु’ अनुबन्धित भएका छन्, लिड हिरोइन खोजी भइरहेको छ।
- भदौदेखि छायांकन सुरु हुने र आगामी फागुन १ मा प्रदर्शन हुने यस फिल्मको वितरण मनोज राठी र उज्वल पौडेलको ब्यांकटेस इन्टरटेनमेन्टले गर्नेछ।
काठमाडौं । निर्माण अघि नै मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले बनाउन लागेको फिल्म ‘गोबर गणेश’ चर्चामा छ । यो फिल्मको निर्माण र निर्देशनबाट बल्छी धुर्बेले फिल्म क्षेत्रमा करिअर अघि बढाउँदैछन् ।
यस्तोमा, यो फिल्ममा अहिलेका चर्चित कलाकार जोडिन थालेका छन् । ‘होस्टेल ३’बाट दर्शकको मन जितिरहेका पदम तामाङले ‘गोबर गणेश’ साइन गरेका छन् । केही दिनअघि मरिचमान र पदमबीच लिखित सम्झौता भएको छ ।
पदमसहित फिल्ममा माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे ‘पुकु’ अनुबन्धित भएका छन् । फिल्मको लिड हिरोइन तय हुन बाँकी र खोजी भैरहेको बल्छी धुर्बेले बताए ।
उनका अनुसार फिल्ममा पुकु सहायक भूमिकामा देखिनेछिन् । लिड हिरोइनमा अहिले चलेकी अभिनेत्रीलाई लिने तयारी छ । भदौदेखि छायांकन सुरु हुने फिल्मको प्रदर्शन आगामी फागुन १ गतेलाई तय छ ।
यो फिल्मको वितरण मनोज राठी र उज्वल पौडेलको ब्यांकटेस इन्टरटेनमेन्टले गर्नेछ ।
प्रतिक्रिया 4