+
+
Shares

‘गोबर गणेश’ को प्रतिक्रियाले मख्ख बल्छी धुर्बे, हल भिजिटमा भ्याइनभ्याइ

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ३ गते १९:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बल्छी धुर्बेले डेब्यू फिल्म ‘गोबर गणेश’ को प्रचारप्रसारमा काठमाडौं उपत्यकाका विभिन्न हलमा दर्शकसँग साक्षात्कार गरे।
  • उनले भने, “एकदमै गजब प्रतिक्रिया आइरहेको छ । सकारात्मक प्रतिक्रिया छ” र दर्शकले आमाको त्यागको कथालाई रुचाएको बताए।
  • बल्छी धुर्बे र पूजन घिमिरे ‘पुकु’ साता मोफसलका हलहरूमा जाने तयारीमा छन्।

काठमाडौं । यतिबेला मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ आफ्नो डेब्यू फिल्म ‘गोबर गणेश’ को प्रवर्धनमा कस्सिएका छन् । फिल्म रिलिज भएसँगै हल–हलमा पुगेर दर्शकलाई भेट्नु र प्रचारप्रसार गर्ने कार्यमा उनी ब्यस्त छन् ।

शुक्रबार र शनिबार उनले काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरे । पूजन घिमिरे ‘पुकु’, सीतादेवी तिमल्सिना, पदम तामाङलाई लिएर उनी हलमा कुदिरहेका छन् ।

दर्शकीय प्रतिक्रियाले उनी मख्ख देखिन्छन् । ‘एकदमै गजब प्रतिक्रिया आइरहेको छ । सकारात्मक प्रतिक्रिया छ’ उनले भने, ‘जतिजनाले पनि हेर्नुभएको छ, कसैले पनि नराम्रो भन्नुभएको छैन । सन्तानको लागि आमाले गरेको त्यागको कथालाई दर्शकले रुचाउनुभएको छ ।’

कतिपय दर्शक त बल्छी धुर्बेकै काँधमा भक्कानिएर रोकिएको भिडियो टिकटकतिर सेयर भैरहेको देखिन्छ । विशेषगरि, आमा र छोराबीचको मर्मस्पर्शी कथालाई दर्शकले रुचाएका देखिन्छन् । तन्नेरीदेखि वयोवृद्ध उमेरका दर्शक पनि फिल्म हेर्न हलमा पुगेका छन् ।

‘हिजोसम्म डराइरहेको थिएँ, के होला, कसो होला भनेर’ मरिचमानले भने, ‘आज दर्शकको यो प्रतिक्रियाले मन खुसी भएको छ ।’ यो फिल्मका निर्देशक समेत रहेका बल्छी धुर्बेको शीर्ष भूमिका फिल्ममा छ । शीर्ष भूमिकामा वर्षा सिवाकोटीको पनि अभिनय छ ।

टेलिभिजन श्रृंखलाबाट चम्किएका कलाकार मरिचमानले यही फिल्मबाट घरेलु फिल्मको निर्देशन र अभिनयमा डेब्यू गरेका हुन् । उनको यो डेब्यू सन्तोषजनक देखिन्छ र पहिलो सप्ताहन्त बक्सअफिसमा सुखद देखिन्छ ।

काठमाडौंपछि दर्शक भेट्न बल्छी धुर्बे र पुकु आउने साता मोफसलका हलहरूमा जाने तयारीमा छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?