News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'परान' ले शनिबारसम्म १७ करोड ८४ लाख नेरु ग्रस कमाएको छ र ६ लाख ३३ हजार टिकट बिक्री भएको छ।
- फिल्म 'आबाट आमा' ले ४ करोड ८० लाख ९० हजार नेरु ग्रस कमाएको छ र १ लाख ७६ टिकट बिक्री भएको छ।
- फिल्म 'गोबर गणेश' र 'झरीपछिको इन्द्रेणी' ले क्रमशः १ करोड ४० लाख र १ करोड २९ लाख नेरु ग्रस कमाएको छ।
काठमाडौं । सिनेपाः बक्सअफिसले पछिल्लो शनिबारसम्म फिल्मको देशब्यापी कमाइको विवरण बाहिर ल्याएको छ ।
जसअनुसार, शनिबारसम्म ‘आबाट आमा’ को कुल कमाइ ४ करोड ८० लाख ९० हजार नेरु ग्रस छ । सोही अवधिसम्म फिल्मका १ लाख ७६ वटा टिकट बिकेका छन् ।
चल्दाचल्दै उतारिएको फिल्म ‘द ब्लू लाइट’ ले प्रदर्शन भैञ्जेल ३ लाख १९ हजार ५९५ नेरु ग्रस कमाएको छ । यसका ८३२ वटा टिकट बिकेका छन् ।
‘गोबर गणेश’ ले १ करोड ४० लाख नेरु ग्रस कमाएको छ । यसका ४९ हजार ५३१ वटा टिकट बिकेका छन् ।
‘झरीपछिको इन्द्रेणी’ ले १ करोड २९ लाख नेरु ग्रस कमाएको छ । यसका ४० हजार ८९९ टिकट बिकेका छन् ।
‘परान’ ले १७ करोड ८४ लाख नेरु ग्रस कमाएको छ । यसका ६ लाख ३३ हजार वटा टिकट बिकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4