News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'आबाट आमा' ले प्रदर्शनको १० दिनसम्म देशब्यापी ५ करोड २० लाख नेरु ग्रस कमाइ गरेको छ।
- फिल्म १६ माघमा प्रदर्शनमा आएको थियो र १ लाख ७६ हजारभन्दा बढी टिकट बिक्री भएको छ।
- पल शाहले कृष्णको भूमिका निभाएका छन् र प्रदीप रावत, विपना थापाले आमाबुबाको भूमिका गरेका छन्।
काठमाडौं । पल शाह स्टारर फिल्म ‘आबाट आमा’ ले घरेलु बक्सअफिसमा उत्साहजनक कमाइ गरेको छ । फिल्मले प्रदर्शनको १० दिनसम्म देशब्यापी ५ करोड नेरु ग्रसभन्दा धेरै कमाइ गरेको छ ।
सिनेपाः बक्सअफिसमा फिल्मको दोस्रो आइतबारसम्मको कमाइ ५ करोड २० लाख नेरु ग्रस छ । चन्द्र पन्त निर्देशित फिल्म १६ माघको शुक्रबार देशब्यापी प्रदर्शनमा आएको थियो ।
सो अवधिसम्म फिल्मका १ लाख ७६ हजार वटा भन्दा धेरै टिकट बिकेका छन् । २४ माघ अर्थात पछिल्लो शनिबारसम्म फिल्मको कमाइ ४ करोड ८० लाख ९० हजार ४८७ नेरु ग्रस थियो ।
फिल्ममा शीर्ष पात्र कृष्णको भूमिकामा पल शाहले अभिनय गरेका छन् । प्रदीप रावत र विपना थापा आमाबुबाको भूमिकामा छन् ।
उषा उप्रेती ‘लभ इन्ट्रेस्ट’ र सिम्रन पन्त कृष्णलाई रुचाउने तर नपाएपछि बदला लिने भूमिकामा छिन् । प्रकाश कुवँर, ध्रुव न्यौपाने, क्षितिज ढुंगानाको लगानी रहेको छ ।
प्रतिक्रिया 4