News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा १६ माघदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘आबाट आमा’ ५ फेब्रुअरीमा अष्ट्रेलिया र न्यूजिल्यान्डमा रिलिज हुनेछ।
- सिड्नीमा बसोबास गर्ने प्रमेज धामीले ‘आबाट आमा’ को वितरण अधिकार खरिद गरेका छन् र यो फिल्म ३५ भन्दा बढी हलमा रिलिज हुनेछ।
- फिल्म अष्ट्रेलियाको सिड्नी, ब्रिसबेन, मेलबर्न, पर्थ, क्यानबेरा र तासमनियामा नेपाली समुदायको बाक्लो बस्तीमा प्रदर्शन हुनेछ।
पछिल्लो समय अष्ट्रेलियामा नेपाली फिल्मको बजार बढ्दो छ । नेपाली समुदायको बढ्दो बसोबाससँगै नेपाली फिल्मको बजार पनि विस्तार हुन लागेको हो । जसअनुसार, फिल्मको वितरण अधिकार किन्नेको संख्या बढेको छ ।
नेपालमा १६ माघदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘आबाट आमा’ ले अष्ट्रेलियामा पनि आफ्नो प्रचारप्रसारलाई तीव्र तुल्याएको छ । नेपाल रिलिजको ठीक एक सातापछि ५ फेब्रुअरीमा यो फिल्म अस्ट्रेलिया र न्यूजिल्यान्डमा फिल्म लाग्नेछ ।
ती दुबै मुलुकको वितरण अधिकार सिड्नीमा बसोबास गर्दै आएका प्रमेज धामीले खरिद गरेका छन् । उनले यसअघि ‘माइतीघर’ लाई त्यहाँ रिलिज गरेका थिए ।
उनका अनुसार, यो फिल्म त्यहाँका ३५ भन्दा धेरै हलमा रिलिज हुनेछ । ती हलमा १०० भन्दा धेरै शोज तय छ ।
वितरक धामीका अनुसार यो फिल्म नेपालीको बाक्लो बस्ती रहेको अष्ट्रेलियाको सिड्नीस्थित हर्सभिल, बरूउड, अर्बन, हन्सबी, पारामाटा र लिभरपुलमा रहेका इभेन्ट सिनेमा लगायतका हलमा लाग्ने छ ।
साथै ब्रिसबेन, मेलबर्न, पर्थ, क्यानबेरा, तासमनिया लगायतका सहरमा समेत रिलिज हुने जनाइएको छ । चन्द्र पन्त निर्देशित फिल्ममा प्रदीप रावत, पल शाह, विपना थापा, उषा उप्रेती, रवीन्द्र झा, साइग्रेस पोखरेल, सिम्रन पन्तको अभिनय छ ।
प्रतिक्रिया 4