News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'आबाट आमा' को ट्रेलरले मुख्य पात्र कृष्णको विदेशिन बाध्य परिस्थिती, त्रिकोणात्मक प्रेम र बदला, सन्तान र अभिभावकबीचको सम्बन्ध देखाएको छ।
- निर्देशक चन्द्र पन्तले महाभारतको आयाम र पात्रलाई जोड्दै आध्यात्मिक र पौराणिक टच दिने प्रयास गरेको उल्लेख गरेका छन्।
- फिल्ममा पल शाह कृष्णको भूमिका, प्रदीप रावत र विपना थापा आमाबुबाको भूमिका र सिम्रन पन्त बदला लिने भूमिकामा छन्, प्रदर्शन १६ माघमा तय छ।
काठमाडौं । फिल्म ‘आबाट आमा’ को ट्रेलर मुख्यतः तीन कथावस्तुबाट प्रेरित छ । पहिलो- मुख्य पात्र कृष्णको विदेशिन बाध्य परिस्थिती । दोस्रो- त्रिकोणात्मक प्रेम र बदला । तेस्रो- सन्तान र अभिभावकबीचको मर्मस्पर्शी सम्बन्ध ।
यसबाहेक, ट्रेलर हेर्दा निर्देशक चन्द्र पन्तले यसलाई आध्यात्मिक र पौराणिक टच दिने प्रयास गरेका छन् । कृष्ण पात्रमार्फत निर्देशकले महाभारतको आयाम, पात्र र तिनको प्रवृत्तिलाई जोड्ने प्रयास गरेका छन् ।
शीर्ष पात्र कृष्णको भूमिकामा पल शाहले अभिनय गरेका छन् । प्रदीप रावत र विपना थापा आमाबुबाको भूमिकामा छन् । उषा उप्रेती ‘लभ इन्ट्रेस्ट’ र सिम्रन पन्त कृष्णलाई रुचाउने तर नपाएपछि बदला लिने भूमिकामा छिन् ।
समग्रमा ट्रेलरले कथावस्तुबारे संक्षिप्त प्रकाश पार्छ । यसअघि ‘ह्रस्व दीर्घ’ निर्देशन गरेका पन्तले ‘आबाट आमा’ मा पनि कतिपय स्वादलार्ई दोहोर्याउने प्रयास गरेको देख्न सकिन्छ ।
प्रकाश कुवँर, ध्रुव न्यौपाने, क्षितिज ढुंगानाको लगानी रहेको फिल्म १६ माघमा प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4