News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'आ बाट आमा' को नयाँ गीत 'जाँदैछु नौ डाँडा काटेर' माघे संक्रान्तीको अवसरमा युट्युबमा रिलिज भएको छ।
- गीतमा पल शाह, विपना थापा, प्रदीप रावत लगायत कलाकार फिचर्ड छन् र अभि सुनारले शब्द तथा संगीत भरेका छन्।
- फिल्मको निर्देशन चन्द्र पन्तले गरेका छन् र १६ माघदेखि प्रदर्शन तयारीमा छ।
काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘आ बाट आमा’को नयाँ गीत रिलिज भएको छ । माघे संक्रान्तीको अवसरमा बिहीबार युट्युबमा ‘जाँदैछु नौ डाँडा काटेर’ बोलको गीत रिलिज गरिएको हो ।
परदेशिन लागेको भावलाई गीतमा बुनिएको छ । गीतमा पल शाह, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त फिचर्ड छन् । भावअनुसार, कलाकारलाई प्रस्तुत गरिएको छ ।
करण परियार र शान्तिश्री परियारको स्वरमा सजिएको मर्मस्पर्शी गीतमा अभि सुनारले शब्द तथा संगीत भरेका छन् । एरेन्ज विशाल निरौलाले गरेका हुन् ।
चन्द्र पन्तको निर्देशन रहेको फिल्मको कथा तथा पटकथालाई उनी स्वयले लेखेका हुन् । फिल्ममा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी छ । करणसिंह रसाइली कार्यकारी निर्माता हुन् । १६ माघदेखि फिल्म प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4