
News Summary
Generated by OK AI. Editorially reviewed.- चन्द्र पन्त निर्देशित फिल्म ‘आबाट आमा’ १६ माघमा रिलिज हुने भएको छ।
- फिल्मले आमाबाबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई ग्रामीण परिवेशमा देखाउनेछ।
- फिल्ममा विपना थापा, प्रदीप रावत, पल शाह लगायत कलाकारको अभिनय छ र आर्या इन्टरटेन्मेन्टले निर्माण गरेको हो।
काठमाडौं । चन्द्र पन्त निर्देशित फिल्म ‘आबाट आमा’को प्रदर्शन मिति तय भएको छ । निर्माताले लक्ष्मीपूजाको अवसरमा सोमबार पोस्टर सार्वजनिक गर्दै १६ माघमा फिल्म रिलिज गर्ने जनाएका हुन् ।
सार्वजनिक पोस्टरमा विपना थापा, प्रदीप रावत र पल शाह प्रसन्न भावमा देखिएका छन् ।
ग्रामीण परिवेशमा आधारित फिल्मले आमाबाबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको संकेत पोस्टरले गरेको छ ।
पोस्टरमा लेखिएको छ, ‘बा आमाले परिश्रमले घर बनाउनुभयो, हामीले रहर र बाध्यताले पासपोर्ट बनायौं ।’ यी शब्दले फिल्मको कथावस्तु यही वरपर घुम्ने देखिन्छ ।
चन्द्र पन्तको पटकथा र निर्देशनमा फिल्म बनेको हो । आर्या पन्तको प्रस्तुतिमा निर्माण भएको फिल्ममा साइग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती, विशाल पहाडी, रवीन्द्र झा, गजित बिष्ट, हेमराज अधिकारी (खनत्या खलास), िदलिप उखेडाको पनि अभिनय छ ।
ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्माता हुन् भने कार्यकारी निर्मातामा करण सिंह रसाइली छन् । आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको छायांकारमा नवराज उप्रेती छन् । कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत छ ।
प्रतिक्रिया 4