News Summary
Generated by OK AI. Editorially reviewed.- चन्द्र पन्त निर्देशित फिल्म ‘आबाट आमा’ ले घरेलु बक्सअफिसमा १३ करोड २ लाख रुपैयाँ ग्रस कमाएको छ।
- दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’ ले ६६ लाख १४ हजार ७५१ रुपैयाँ ग्रस कमाएको छ।
- सुदीप्ता अधिकारी निर्देशित ‘रमितको पिरती’ ले ३० लाख ७० हजार ७५३ रुपैयाँ र राजेश हमाल अभिनित ‘प्रवासी जीवन’ ले १ लाख ४४ हजार २७० रुपैयाँ ग्रस कमाएको छ।
काठमाडौं । चन्द्र पन्त निर्देशित फिल्म ‘आबाट आमा’ ले घरेलु बक्सअफिसमा १३ करोड रुपैयाँ ग्रस कमाइको आँकडा छोएको छ । सोमबार बेलुकासम्मको कलेक्सन १३ करोड २ लाख ग्रस हुन आउँछ ।
सिनेपाः बक्सअफिसले ल्याएको पछिल्लो शनिबारसम्मको कलेक्सन १२ करोड ९९ लाख ३ हजार ८२० रुपैयाँ ग्रस छ । आइतबार १ लाख र सोमबार १ लाखभन्दा धेरैको कमाइ यसको नाममा छ ।
दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’ ले पछिल्लो शनिबारसम्म ६६ लाख १४ हजार ७५१ रुपैयाँ ग्रस कमाएको छ ।
सुदीप्ता अधिकारी निर्देशित ‘रमितको पिरती’ ले सोही अवधिसम्म ३० लाख ७० हजार ७५३ रुपैयाँ ग्रस कमाएको छ ।
राजेश हमाल अभिनित फिल्म ‘प्रवासी जीवन’ को कमाइ १ लाख ४४ हजार २७० रुपैयाँ ग्रस छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4