News Summary
Generated by OK AI. Editorially reviewed.- चन्द्र पन्त निर्देशित फिल्म ‘आबाट आमा’ ले ९ फागुनसम्म देशब्यापी ११ करोड २४ लाख ६ हजार ९६९ रुपैयाँ ग्रस कमाइ गरेको छ।
- फिल्मले सोही अवधिमा ४ लाख २३ हजार १११ वटा टिकट विक्री गरेको छ।
- ‘आबाट आमा’ मा विपना थापा, प्रदीप रावत, पल शाह, सिम्रन पन्त र उषा उप्रेतीको अभिनय छ।
काठमाडौं । चन्द्र पन्त निर्देशित फिल्म ‘आबाट आमा’ को कमाइ ११ करोड रुपैयाँ ग्रस नाघेको छ । पछिल्लो शनिबारसम्म फिल्मले देशब्यापी कुल ११ करोड २४ लाख ६ हजार ९६९ रुपैयाँ ग्रस कमाइ गरेको छ ।
सोही अवधिसम्म यो सोसल ड्रामा फिल्मले ४ लाख २३ हजार १११ वटा टिकट विक्री गरेको छ । हलमा ठूला फिल्म नभएको, बलियो ‘वर्ड अफ माउथ’ प्राप्त गरेको र चुनावसम्म ठूला फिल्म नआउने परिस्थितीको फाइदा यो फिल्मलाई हुने देखिन्छ ।
सिनेपाः बक्सअफिसले पछिल्लो शनिबार अर्थात ९ फागुनसम्मको कमाइ विवरण बाहिर ल्याएको हो । ‘आबाट आमा’ मा विपना थापा, प्रदीप रावत, पल शाह, सिम्रन पन्त, उषा उप्रेती लगायतको अभिनय छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4