News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिका र इजरायलले इरानसँग युद्धका क्रममा मध्यपूर्वमा अहिलेसम्म १३ अमेरिकी सैनिकको मृत्यु भएको छ।
- अमेरिकी सैन्य अधिकारीले युद्धमा घाइते अमेरिकी सैनिकको संख्या करिब दुई सय पुगेको र १३ सैनिकको मृत्यु भएको बताएका छन्।
- इरानमाथि आक्रमणपछि तीन हजारभन्दा बढीको मृत्यु भइसकेको छ, जसमा १३ सय ५१ आमनागरिक र ११ सय २६ सैन्यकर्मी छन्।
३ चैत, काठमाडौं । अमेरिका र इजरायलले मिलेर इरानसँग लडिरहेको युद्धका दौरान मध्यपूर्वमा अहिलेसम्म १३ अमेरिकी सैनिकको मृत्यु भएको छ ।
अमेरिकी सैन्य अधिकारीले युद्धका क्रममा घाइते हुने अमेरिकी सैनिकको संख्या बढेर करिब दुई सय पुगेको र तीमध्ये कम्तीमा १३ सैनिकको मृत्यु भएको बताएका छन् ।
मध्य–पूर्वमा २८ फेब्रुअरीबाट अमेरिका–इजरायलले इरानमाथि आक्रमण थालेका हुन् । युद्धमा अहिलेसम्म तीन हजारभन्दा बढीको मृत्यु भइसकेको छ । यो अनुमान एक इरानी समूहले लगाएको बीबीसीले जनाएको छ ।
इरानभन्दा बाहिरबाट काम गर्ने ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले कुल मृत्युमध्ये १३ सय ५१ आमनागरिक र ११ सय २६ सैन्यकर्मी रहेको उल्लेख गरेको छ ।
लेबनानमा अहिलेसम्म ८८६ मानिसको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धका क्रममा मारिनेमा ६७ महिला र १११ बालबालिका छन् ।
संयुक्त अरब इमिरेट (यूएई), कुवेत, साउदी अरब, बहराइन र ओमानमा पनि युद्धसँग सम्बन्धित मृत्युको रिपोर्ट गरिएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।
प्रतिक्रिया 4