+
+
Shares

इरानसँगको युद्धका विषयमा ट्रम्प र भान्सबीच मतभेद

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २७ गते १२:०५

२७ फागुन, काठमाडौं । अमेरिका र इजरायलले इरानमाथि सुरु गरेको सैन्य कारबाही ११औं दिनमा प्रवेश गरिरहँदा राष्ट्रपति डोनल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सबीच केही नीतिगत मतभेद देखिएको छ ।

फ्लोरिडामा आयोजित एक पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले उपराष्ट्रपति भान्स युद्ध सुरु गर्ने विषयमा आफूभन्दा ‘कम उत्साहित’ रहेको र उनीहरूको ‘दार्शनिक दृष्टिकोण’ केही फरक रहेको स्वीकार गरेका छन् ।

प्रायः सबै घरेलु र वैदेशिक मुद्दामा एकमत देखिने ट्रम्प र भान्सको बीचमा इरान युद्ध एउटा अपवाद बनेको छ।

सन् २०२८ को राष्ट्रपतीय निर्वाचनका लागि बलियो दावेदार मानिएका उपराष्ट्रपति भान्स, विगतदेखि नै विदेशी हस्तक्षेपको आलोचक रहँदै आएका छन् ।

उनले सन् २०२३ मा लेखेको एउटा लेखमा ट्रम्पले अमेरिकीहरूलाई जथाभाबी विदेशी युद्धमा नपठाउने विश्वासका साथ उनलाई साथ दिएको उल्लेख गरेका थिए ।

युद्ध सुरु भएयता भान्सले सार्वजनिक रूपमा समर्थन जनाए पनि, निजी रूपमा भने उनले यस सैन्य अभियानलाई छोटो समयमै टुङ्ग्याउन दबाब दिइरहेको रिपोर्टहरूले जनाएका छन् ।

यो स्थितिले अमेररिकी प्रशासनभित्र वैदेशिक हस्तक्षेपको कट्टर समर्थक मानिने विदेश मन्त्री मार्को रुबियो र भान्सबीचको वैचारिक द्वन्द्वलाई पनि सतहमा ल्याएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?