+
+
Shares

बगदादस्थित अमेरिकी दूतावासमाथि इरानद्वारा मिसाइल आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ३० गते ११:४२

३० फागुन, काठमाडौं । इराकको राजधानी बगदादमा रहेको अमेरिकी दूतावासमा आक्रमण भएको छ । इरानले बगदादस्थित अमेरिकी दूतावासमा मिसाइल आक्रमण गरेको हो ।

इरानी मिसाइल दूतावासको भवनमा ठोक्किएर आकाशमा धुँवाको मुस्लो देखिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ । समाचारमा मिसाइल आक्रमणबाट पुगेको क्षतिको विवरण प्राप्त नभएको उल्लेख छ ।

समाचार एजेनसी एसोसिएटेड प्रेस (एपी) ले इरानी मिसाइल अमेरिकी दूतावास परिसरमा रहेको हेलिप्याड (हेलिकप्टर अवतरण गर्ने स्थान) मा खसेको जनाएको छ । यस्तै एएफपीले स्रोतको हवाला दिँदै दूतावासमा एक ड्रोन आक्रमण भएको बताएको छ ।

अलजजिराले शनिबार बिहान सबेरै इराकको राजधानी बगदादमा रहेको अमेरिकी दूतावासमा आक्रमण भएको खबरपछि धुवाँ उडिरहेको देखिएको जनाएको छ । समाचारमा सुरक्षा अधिकारीहरूले दूतावास परिसरभित्र रहेको हेलिप्याडमा मिसाइल आक्रमण भएको बताएको उल्लेख छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?