+
+
Shares

कसले जित्दैछ इरान युद्ध ? कसलाई भइरहेको छ फाइदा ?

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २० गते ७:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाले इरानविरुद्ध सुरु गरेको युद्ध दुई महिना पूरा भएको छ र यसमा इरानका ३,६०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
  • इरान-इजरायल द्वन्द्वमा इजरायलले लेबनानको १५ प्रतिशत भूभागमा कब्जा जमाएको छ र ६ लाख मानिस विस्थापित भएका छन्।
  • यो युद्धले विश्वव्यापी आर्थिक वृद्धिदर घटाएर ३.१ प्रतिशतमा झार्ने र मुद्रास्फीति बढाउने आईएमएफले चेतावनी दिएको छ।

२० वैशाखकाठमाडौं । फेब्रुअरी २८ मा अमेरिकाले इरानविरुद्ध सुरु गरेको युद्धले दुई महिना पूरा गरेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले यसलाई छोटो र निर्णायक लडाइँ भनेका थिएतर अहिले परिस्थिति उल्टो देखिएको छ।

युद्ध रोकिएको पक्कै छतर सकिएको छैन। यस युद्धमा हालसम्म इरानका ३,६०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छजसमा १,७०० भन्दा बढी सर्वसाधारण छन्।

अन्तर्राष्ट्रिय मुद्रा कोषका मुख्य अर्थशास्त्री पियरे-ओलिभियर गोरिन्चासले यो द्वन्द्व लम्बिएमा र तेलको मूल्य उच्च रहिरहेमा विश्वव्यापी आर्थिक वृद्धिदर घटेर करिब २ प्रतिशतमा आउन सक्ने चेतावनी दिएका छन्जसलाई सामान्यतया विश्वव्यापी मन्दी मानिन्छ।

आईएमएफका अनुसार युद्धअघि यस वर्ष विश्वव्यापी मुद्रास्फीति (महँगी) ४.१ प्रतिशतबाट घटेर ३.८ प्रतिशत हुने अपेक्षा गरिएको थियोतर अहिले ४.४ प्रतिशत पुग्ने अनुमान छ।

उता हार्वर्डकी अर्थशास्त्री लिन्डा बिल्म्सको अनुमान छ – अमेरिकाले यस युद्धमा करिब १ ट्रिलियन डलर खर्च गरेको छ। यद्यपि अमेरिकी सरकारले २५ अर्ब डलर खर्च भएको बताएको छ।  

चीन र रुसलाई युद्धबाट फाइदा

चीन यस युद्धबाट तुलनात्मक रूपमा बलियो स्थितिमा देखिएको छ। चीनले पहिले नै तेलको भण्डारण गरिसकेको थियो र वैकल्पिक ऊर्जामा पनि धेरै दशक अघिदेखि ध्यान दिइरहेको थियो। साथैअमेरिकाको छवि कमजोर हुँदा उसलाई कूटनीतिक फाइदा मिलेको छ।

चीनका तेल र ग्यास कम्पनीहरूले पनि नाफा कमाइरहेका छन्। सीएनएनका अनुसार ६ ठूला कम्पनीले यस वर्ष ९४ अर्ब डलरसम्म नाफा कमाउन सक्छन्।

यसबाहेक यो युद्धले रुसको अर्थतन्त्रलाई फाइदा पुगिरहेको देखिन्छ। तेल र मलको उच्च मूल्यका कारण रुसको आम्दानी बढेको छ।

साथैजब तेलको मूल्य तीव्र रूपमा बढिरहेको थियोअमेरिकाले आपूर्ति बढाउन समुद्रमा रहेको रुसी तेलमाथिको प्रतिबन्ध केही समयका लागि खुकुलो बनायोजसबाट रुसलाई थप फाइदा भयो।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार मार्चमा रुसको ऊर्जा आम्दानी झन्डै दोब्बर भएर १९ अर्ब डलर पुगेको छजुन फेब्रुअरीमा ९.७५ अर्ब डलर थियो। चीनले पनि सौर्य ऊर्जावायु ऊर्जा र जलविद्युत जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा तीव्रता दिएको छ।

विज्ञ भन्छन्- यस युद्धमा कोही पनि वास्तविक विजेता छैन

ब्रुकिङ्स इन्स्टिच्युटकी सिनियर फेलो मेलानी सिसनले सीएनएनसँग बताएअनुसारयुद्धमा कोही पनि वास्तविक विजेता छैन। अमेरिकालाई पनि रणनीतिक फाइदा पुगेको छैन। द्वन्द्वको असर पूरै विश्वमा देखिएको छ। इरानलेबनान र खाडी देशहरूदेखि भारतसम्म विश्वभरका मानिसहरूले यसको मूल्य चुकाइरहेका छन्।

दाबी- लेबनानको १५ प्रतिशत भूभागमा इजरायलको नियन्त्रण

इजरायली हमलापछि लेबनानको एउटा बस्तीको दृश्य

रिपोर्टका अनुसार इजरायलले लेबनानको करिब १५ प्रतिशत भूभागमा कब्जा जमाएको छ र हिजबुल्लाह कमजोर नभएसम्म यो क्षेत्रलाई बफर जोन‘ का रूपमा कायम राख्न चाहन्छ।

वरिष्ठ पत्रकार नोरा बौस्तानीका अनुसार लेबनानका मानिसहरूको सबैभन्दा ठूलो डर भनेकै देशको एउटा हिस्सा फेरि लामो समयसम्म विदेशी कब्जामा रहन सक्छ भन्ने हो। यो क्षेत्र मुख्यतया सीमानादेखि लितानी नदीसम्म फैलिएको छ।

लेबनानका मानिसहरू दशकौँदेखि हिजबुल्लाह र इजरायलबीच चलिरहेको द्वन्द्वमा फसेका छन्। फेब्रुअरीसम्म एउटा कमजोर युद्धविराम कायम थियोतर इजरायलले इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको हत्या गरेपछि अवस्था बिग्रियो। त्यसपछि हिजबुल्लाहले इजरायलमाथि आक्रमण सुरु गर्‍यो।

जवाफमा इजरायलले लेबनानमाथि जोडदार हवाई आक्रमण (एयरस्ट्राइक) र स्थलगत कारबाही सुरु गर्‍योजसको उद्देश्य हिजबुल्लाहलाई सिध्याउनु बताइएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च २ यता यी आक्रमणहरूमा २५०० भन्दा बढी मानिस मारिएका छन्।

स्याटेलाइट तस्बिरहरूबाट इजरायलले गाजामा अपनाएकै रणनीति यहाँ पनि अपनाइरहेको खुलासा भएको छ। अर्थात् पूरै गाउँहरूलाई ध्वस्त पार्ने रणनीति।

अवस्था यति खराब छ कि दक्षिणी लेबनानबाट करिब ६ लाख मानिस आफ्नो घर छाड्न बाध्य भएका छन्। इजरायलले हिजबुल्लाहबाट उत्तरी इजरायललाई हुने खतरा अन्त्य नभएसम्म यी मानिसहरूलाई आफ्नो घर फर्कन नदिइने चेतावनी दिएको छ ।

खाडी देशहरूको अर्थतन्त्रमा असर

बहराइनमा अमेरिकी सैन्य केन्द्रमा आक्रमणपछिको दृश्य ।

खाडीका धेरै देशहरू पनि यो युद्धको चपेटामा परेका छन्। सबैभन्दा बढी असर यूएईलाई परेको छ। इरानले यहाँ सबैभन्दा बढी मिसाइल र ड्रोन आक्रमण गर्‍यो।

अधिकांश आक्रमणहरू रोकिए पनि ठूलो क्षति भएको छ र यसले यूएईको प्रमुख व्यापार र पर्यटन हबको छविलाई धक्का दिएको छ।

त्यस्तैइरानले होर्मुज स्ट्रेट बन्द गर्दा इराककतार र कुवेतको अर्थतन्त्रमा नराम्रो असर परेको छ। यी देशहरू आफ्नो तेलग्यास र अन्य सामानको आपूर्तिका लागि यही मार्गमा निर्भर छन्।

आईएमएफले पनि यी देशहरूको आर्थिक वृद्धिको अनुमान घटाएको छ र यस वर्ष इराककतार र कुवेतको अर्थतन्त्र सङ्कुचित हुन सक्ने मानेको छ।

यो क्षेत्रमा लाखौं नेपाली नागरिकहरू रोजगाररत छन् । त्यसैले यसको ठूलो प्रभाव नेपाली अर्थतन्त्रमा पनि पर्न सुरु भएको छ ।  

अमेरिकामा महँगीसर्वसाधारण अमेरिकीमा असर

युद्धका कारण अमेरिकामा पेट्रोलहवाई टिकट र धेरै सेवाहरू महँगो भएका छन्किनभने कम्पनीहरूले अब मूल्यमा फ्युल सरचार्ज‘ (इन्धन अतिरिक्त शुल्क) जोडिरहेका छन्।

मुद्रास्फीति (महँगी) दर फेब्रुअरीको २.४ प्रतिशतबाट बढेर मार्चमा ३.३ प्रतिशत पुगेको छ र मानिसहरूको विश्वास (कन्जुमर सेन्टिमेन्ट) तीव्र रूपमा घटिरहेको छ।

ब्रुकिङ्स इन्स्टिच्युटका अनुसार अमेरिकाको अर्थतन्त्र धेरै हदसम्म तेलमा निर्भर छ। नवीकरणीय ऊर्जा (जस्तै सौर्यवायु) मा लगानी अझै पनि कम छ र यही नै अहिले कमजोरी बनिरहेको छ।

विश्वव्यापी वृद्धिदर ३.३ प्रतिशतबाट घटेर ३.१ प्रतिशतमा

आईएमएफले विश्वव्यापी वृद्धिको अनुमान पनि घटाएको छ। अब यस वर्ष विश्वको अर्थतन्त्र ३.१ प्रतिशतको दरले बढ्ने अपेक्षा गरिएको छजबकि जनवरीमा यो अनुमान ३.३ प्रतिशत थियो।

मलको मूल्यमा पनि तीव्र वृद्धि भएको छ। जुन देशका मानिसहरू खेतीमा बढी निर्भर छन् र आफ्नो आम्दानीको ठूलो हिस्सा खानामा खर्च गर्छन्उनीहरूलाई यो महँगीको असर सीधै र बढी पर्छ।

घट्यो ट्रम्पको लोकप्रियता

डोनाल्ड ट्रम्पका लागि यो युद्ध एउटा ठूलो दाउ थियो। उनले यसलाई छिट्टै अन्त्य गर्ने वाचा गरेका थिएतर अहिलेसम्म न इरान झुकेको छ न त युद्ध नै सकिएको छ। सीएनएनको सर्वेक्षणमा उनको लोकप्रियता घटेर ३७ प्रतिशतमा झरेको देखिएको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई सुरुमा रणनीतिक फाइदा मिल्योतर अहिले त्यहाँका मानिसहरू पनि युद्धमा जित स्पष्ट नभएको मान्छन्। इरानको सत्तालाई पनि नोक्सान पुगेको छतर नयाँ नेतृत्व अझ बढी आक्रामक देखिएको छ। साथैहोर्मुज स्ट्रेटमाथि नियन्त्रण देखाएर इरानले विश्वव्यापी दबाब सिर्जना गर्ने आफ्नो क्षमता प्रदर्शन गरेको छ।

(एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?