+
+
Shares

अमेरिकाले इरानलाई दबाव दिन १४ व्यक्ति र कम्पनीमाथि लगायो प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ९ गते ११:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी अर्थ मन्त्रालयले इरान, टर्की र यूएईमा रहेका १४ व्यक्ति र कम्पनीमाथि प्रतिबन्ध लगाएको छ।
  • उनीहरूलाई इरान सरकारका लागि हतियार र पार्ट–पुर्जा खरिद तथा पुर्‍याउने काममा संलग्न भएको आरोप छ।
  • प्रतिबन्ध लगाइएका सम्पत्ति अमेरिका र अमेरिकी नागरिकसँग फेला परे रोक्का गरिने बताइएको छ।

९ वैशाख, काठमाडौं । अमेरिकी वित्त (अर्थ) मन्त्रालयले इरान, टर्की र यूएईमा रहेका १४ व्यक्ति, कम्पनीहरू र विमानमाथि प्रतिबन्ध लगाएको छ ।

उनीहरू माथि इरान सरकारका लागि हतियार र हतियारका पार्ट–पुर्जा खरिद गर्ने र पुर्‍याउने काममा संलग्न रहेको आरोप छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको साथ युद्धविराम बढाउने घोषणाभन्दा अघि अमेरिकाका तर्फबाट उक्त गरिएको कारबाही बीबीसीले जनाएको छ ।

पछिल्लो प्रतिबन्धका माध्यमबाट अमेरिकाले इरानी शासनमाथि आर्थिक दबाव जारी राख्ने प्रयास गरिएको समाचारमा उल्लेख छ ।

प्रतिबन्ध लगाइएका व्यक्ति र कम्पनीहरूको सम्पत्ति अमेरिका र अमेरिकी नागरिकसँग भएको फेला परे रोक्का गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?