News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'आबाट आमा'ले २०८२ सालमा अनमोल केसी स्टारर 'जेरी अन टप' लाई उछिनेर दोस्रो धेरै कमाउने फिल्म बन्ने सम्भावना देखाएको छ।
- फिल्मले आइतबार दिउँसोसम्म बक्सअफिसमा १२ करोड २५ लाख रुपैयाँ ग्रस कमाइसकेको छ।
- पल शाहको करिअरमा सर्वाधिक कमाउने फिल्म 'शत्रु गते' को रेकर्ड १२ करोड ६५ लाख रुपैयाँ छ र 'आबाट आमा' ले त्यो रेकर्ड उछिन सक्ने सम्भावना छ।
काठमाडौं । के ‘आबाट आमा’ अभिनेता पल शाहको फिल्म करिअरमा सर्वाधिक कमाउने फिल्म बन्ला ? के अनमोल केसी स्टारर ‘जेरी अन टप’ लाई उछिनेर यो फिल्म २०८२ सालमा दोस्रो धेरै कमाउने फिल्म बन्ला ?
सम्भावना बलियो छ । आइतबार दिउँसोसम्म सिनेपाः बक्सअफिसमा १२ करोड २५ लाख रुपैयाँ ग्रस कमाइसकेको फिल्मले माथि प्रस्तुत दुबै रेकर्ड राख्ने बलियो सम्भावना देखिएको छ ।
यसैवर्ष प्रदर्शनमा आएको अनमोल स्टारर फिल्मको लाइफटाइम कलेक्सन घरेलु बक्सअफिसमा १२ करोड २६ लाख ६ हजार २४० नेरु ग्रस छ । बलियो अकुपेन्सी भए सम्भवतः आज वा भोलि यसले अनमोलको सर्वाधिक कमाइ गर्ने फिल्मको आँकडालाई उछिन्ने निश्चितजस्तै छ ।
अर्कोतर्फ, अभिनेता शाहको करिअरमा सर्वाधिक कमाउने फिल्मको रेकर्ड चाहिँ ‘शत्रु गते’ सँग छ, जसले १२ करोड ६५ लाख ८२ हजार १३५ रुपैयाँ ग्रस कमाएको थियो । पलको यो अघिल्लो र पछिल्लो फिल्मको कमाइबीच झन्डै ४१ लाखको अन्तर छ ।
हलमा अन्य ठूला फिल्म नभएको फाइदा अहिले चन्द्र पन्त निर्देशित फिल्मलाई पुगिरहेको देखिन्छ । केही लाखको अंकमा अहिले पनि यो फिल्मले कमाइ गरिरहेको छ ।
प्रतिक्रिया 4