+

नेपाल क्यान्सर अस्पतालमा मनाइयो अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस

२०८२ फागुन  १७ गते १३:१९ २०८२ फागुन १७ गते १३:१९
नेपाल क्यान्सर अस्पतालमा मनाइयो अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरको नेपाल क्यान्सर अस्पतालले फेब्रुअरी १५ को अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस ७ वर्षदेखि मनाउँदै आएको छ।

१७ फागुन, काठमाडौं । ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालले शनिबार अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस मनाएको छ । हरेक वर्ष फेब्रुअरी १५ का दिन विश्वव्यापी रूपमा यो दिवस मनाउने गरिन्छ ।

बाल क्यान्सरबारे जागरण फैलाउने, प्रभावित बालबालिका तथा उनीहरूका परिवारलाई समर्थन गर्ने र उपचारको पहुँच बढाउने उद्देश्यसहित यो दिवस मनाउने गरिन्छ ।

नेपाल क्यान्सर अस्पतालले विगत ७ वर्षदेखि हरेक वर्ष यो दिवस मनाउँदै आएको बाल क्यान्सर रोग विशेषज्ञ डा. अन्जली पण्डितले जानकारी दिइन् । यस वर्ष फेब्रुअरी १५ मा नियमित कार्यक्रम आयोजना गर्न नसकिए पनि, बच्चाहरूको उत्साह र उनीहरूको खुसीका लागि आजको दिन(शनिबार) कार्यक्रम गरिएको बताइन्

डा. पण्डितका अनुसार कार्यक्रममा बाल क्यान्सरबाट निको भएका करिब ४५ जना बालबालिका सहभागी थिए । उनीहरूले सांगीतिक कार्यक्रम, नृत्य तथा अन्य रमाइला गतिविधिमा भाग लिए । १०–११ वर्षअघि उपचार गरेका तथा हाल सामान्य जीवन बाँचिरहेका बालबालिकालाई उदाहरणस्वरूप प्रस्तुत गरिएको थियो ।

बाल क्यान्सरको उपचार नेपालमै सम्भव छ, भारत जानु पर्दैन भन्ने सन्देश समेत दिइएको उनले बताइन् ।

सुरुमै क्यान्सरको पहिचान र उपचारको महत्वबारे पनि बुझाइएको डा. पण्डितले बताइन् । अभिभावकहरूले बच्चामा बारम्बार ज्वरो आउने, खोकी लाग्ने, थकान, रक्त अल्पता जस्ता लक्षण देखिएमा तुरुन्त रगत परीक्षण गर्ने कुरामा जोड दिनुपर्ने उनको भनाइ छ ।

बाल क्यान्सर उपचारमा नेपालको प्रगति उल्लेख गर्दै, निजी र सरकारी दुवै क्षेत्रमा सुधार आवश्यक रहेको र राज्यबाट थप सहुलियत चाहिने उनले बताइन् ।

कार्यक्रममा उपस्थित अभिभावकहरूले आफ्ना बच्चामा देखिएको क्यान्सर र उपचार अनुभवबारे सुनाएका थिए ।

एक अभिभावकले छोरालाई सुरुमा बारम्बार ज्वरो, खोकी लाग्ने समस्या देखा परेको तर सुरुमा भाइरल भनेर सामान्य उपचार गरिएको बताए । चार महिनापछि ब्लड टेस्ट गर्दा समस्या पत्ता लाग्यो ।

एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया निदान भई उपचार सुरु भयो । हाल ३ वर्ष ३ महिनाको उपचारपछि अन्तिम चरणमा पुगेको र बच्चा पूर्ण रूपमा स्वस्थ भएको उल्लेख गरे।

अर्की आमाले छोरीको जन्मपछि ३ महिनामै आँखा बन्द हुने, रातो हुने समस्या देखा परेको बताइन् ।  तिलगंगा आँखा अस्पतालमा जाँच गर्दा रेटिनोब्लास्टोमा आँखाको क्यान्सर पत्ता लाग्यो ।

एउटा आँखा निकाल्नुपर्‍यो, अर्कोमा पनि उपचार जारी छ । १३ केमोथेरापी साइकलपछि हाल फलोअपमा छन् । बच्चा अत्यन्त एक्टिभ र खुसी छिन् । यी कथाहरूले प्रारम्भिक निदानको महत्व र नेपालमै प्रभावकारी उपचार सम्भव भएको देखाउँछन् ।

विश्व बालक्यान्सर दिवस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

नेपाल क्यान्सर अस्पतालमा मनाइयो अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस

नेपाल क्यान्सर अस्पतालमा मनाइयो अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस

यौनइच्छा कम हुने समस्या बढ्दै, कुनै तरिका छ बढाउने ?

यौनइच्छा कम हुने समस्या बढ्दै, कुनै तरिका छ बढाउने ?

बजारमा छ्यापछ्याप्ती ‘ट्रान्सफ्याट’ युक्त खाना, मुटु र मस्तिष्कले तिर्दैछ जुर्माना

बजारमा छ्यापछ्याप्ती ‘ट्रान्सफ्याट’ युक्त खाना, मुटु र मस्तिष्कले तिर्दैछ जुर्माना

मेडिकल काउन्सिलले तोक्यो फेलोसिप गर्ने चिकित्सकलाई न्यूनतम पारिश्रमिक

मेडिकल काउन्सिलले तोक्यो फेलोसिप गर्ने चिकित्सकलाई न्यूनतम पारिश्रमिक

होलीमा प्रयोग हुने रङ, छालामा पर्ने असर र सुरक्षित रहने उपाय

होलीमा प्रयोग हुने रङ, छालामा पर्ने असर र सुरक्षित रहने उपाय

महिनावारी सुकेपछि के उपचार गर्ने ? कस्तो औषधि खाने ?

महिनावारी सुकेपछि के उपचार गर्ने ? कस्तो औषधि खाने ?