फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको बूढानीलकण्ठस्थित गडुल क्यासिनोमा जुवातास खेलेको आरोपमा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका-२ का ४८ वर्षीय दिलीप लामा समेत रहेका छन्।
- प्रहरीले उनीहरूको साथबाट नगद १ लाख ९० हजार रूपैयाँ बरामद गरेको छ र आवश्यक अनुसन्धान गरिरहेको छ।
३ चैत, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठस्थित एक क्यासिनोमा जुवातास खेलेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ ।
बूढानीलकण्ठ नगरपालिका-१ स्थित लेमन ट्री होटलमा सञ्चालनमा रहेको गडुल क्यासिनोमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ बस्ने ४८ वर्षीय दिलीप लामा सहित १३ जनालाई गए राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद १ लाख ९०
हजार रूपैयाँ पनि बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4